कृषि उद्योग तथा पर्यटन प्रवर्द्धन कार्यक्रम उद्घाटन


मन्थली– रामेछाप जिल्ला सदरमुकाम मन्थली नगरपालिका १ तीनलाल पार्कस्थित कृषि उद्योग तथा पर्यटन प्रवर्द्धन कार्यक्रम उद्घाटन समारोह यस नेपाल उद्योग वाणिज्य महासंघ रामेछाप जिल्ला शाखा रामेछापका अध्यक्ष प्रकाश कुमार श्रेष्ठको अध्यक्षतामा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका सुरकृष्ण वैद्य, विशिष्ट अतिथिहरु जिल्ला समन्वय समितिका प्रेम बहादुर थापा, मन्थली नगरपालिका मेयर लव श्रेष्ठ, नेपाल उद्योग वाणिज्य संघ बागमती प्रदेशका वेद बहादुर श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका कृष्ण प्रसाद गुप्ता, जयप्रकाश श्रेष्ठ रहेका छन् ।

त्यसै गरी पत्रकारहरु, राजनीतिककर्मीहरु, नागरिक समाज, समाजसेवी, कृषि उद्योग तथा पर्यटन प्रवर्द्धन कार्यक्रम भनेको कुनै क्षेत्र वा स्थानीय तहको आर्थिक विकासका लागि कृषि, साना तथा मझौला उद्योग र पर्यटन क्षेत्रलाई एकीकृत रुपमा विकास गर्ने कार्यक्रम हो । प्रमुख अतिथि सुरकृष्ण वैद्यले बताउनु भयो “कृषि उत्पादन वृद्धि गर्ने, किसानलाई व्यावसायिक खेती प्रवर्द्धन, आधुनिक कृषि प्रविधिको प्रयोग, उद्योग विकास गर्ने” बताएका हुन् ।

त्यसैगरी मेयर लव श्रेष्ठले “कृषि आधारित उद्योग स्थापना र स्थानीय कच्चा पदार्थको उपयोग, उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन, कृषि पर्यटनको विकास गर्नुपर्छ” बताएका हुन् । त्यसैगरी पर्यटन आकर्षित गर्ने पूर्वाधार निर्माण, होमस्टे, कृषि फार्म भ्रमण, अपेक्षित लाभ स्थानीय स्तरमा रोजगारी सिर्जना, कृषकको आम्दानी वृद्धि, ग्रामीण क्षेत्रबाट बसाइँसराइ कम हुने, स्थानीय उत्पादन मूल्य अभिवृद्धि, पर्यटन आगमन र स्थानीय व्यापार वृद्धि नेपालका विभिन्न प्रदेश तथा स्थानीय तहहरुको कृषि पर्यटन तथा आयआर्जन वृद्धि सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएका छन् । जसमा उत्पादनलाई पर्यटनसँग जोडेर स्थानीय अर्थतन्त्र सुदृढ गर्ने लक्ष्य राखिएको हुन्छ ।

उक्त कार्यक्रममा सगरमाथा आरोही तीन जना सम्मान सफल पुरस्कार, फोजीपीए १० जना विद्यार्थी सम्मान सहित पुरस्कार, कृषि व्यवसायीलाई पुरस्कार वितरण गर्नुका साथ सभाअध्यक्ष प्रकाश कुमार श्रेष्ठले सम्पन्न गर्नु भयो ।

Scroll to Top