मन्थलीमा पूर्णखोप सुनिश्चितता दिगोपना वडा तथा पालिका घोषणा

मन्थली– रामेछाप जिल्ला सदरमुकाम मन्थली नगरपालिका वडा नं. १ स्थित मन्थली नगरपालिका नगरपालिकाको कार्यालय, मन्थली रामेछापमा स्थानीय स्वामित्व र सहभागितामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना हाम्रो प्रतिबद्धता पूर्ण खोप सुनिश्चितता दिगोपना वडा तथा पालिका घोषणा समारोह मन्थली नगरपालिका नगरकार्यपालिकाको आयोजनामा मन्थलीमा पूर्णखोप सुनिश्चितता दिगोपना वडा तथा पालिका घोषणा भएको हो ।

मन्थली नगरपालिका मेयरको अध्यक्षतामा, विशेष अतिथि जिल्ला समन्वय समितिका उपप्रमुख प्रेमबहादुर थापाको विशेष आतिथ्यमा अतिथिहरु मन्थली नगरपालिका उपमेयर ईश्वरी बस्नेत, मन्थली नगरका उपसचिव हितकुमारी पौडेल, मन्थली नगरपालिका प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटा, राजनीतिक पार्टीका प्रतिनिधिहरु, नेपाल पत्रकार महासंघ शाखा अध्यक्ष दीपक घिमिरे, सुरक्षा निकायका प्रमुखहरु, महिला स्वास्थ्य स्वयंसेविका, १४ वडाका स्वास्थ्य इन्चार्जहरु, सञ्चारकर्मीहरु सो कार्यक्रममा उपस्थित थिए ।

बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार पाउनेपर्ने सबै खोप प्राप्त गरेको सुनिश्चित हुनुका साथै आगामी दिनमा पनि कुनै बालबालिका खोपबाट वञ्चित नहुने व्यवस्था कायम गरिएको अवस्थाको औपचारिक घोषणा हो । नगरपालिकाका सबै वडाले खोप लगाउनु पर्ने उमेर समूहका बालबालिकाको सबै तथ्यांक संकलन तथा घरधुरी प्रमाणीकरण गरेका छन् । १६–२३ महिनासम्मका बालबालिकाको सबै खोप पूरा गरेको सुनिश्चित गरिन्छ । वडा तहबाट पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा भएपछि सम्पूर्ण वडाको मापदण्ड पूरा भएमा नगरपालिका पनि “पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगरपालिका” घोषणा गरेको हो ।

दिगोपनाको अर्थ घोषणा गरेर मात्र नरोकिने बरु नियमित निगरानी, छुटेका बालबालिकाको खोजी, अभिलेख अद्यावधिक तथा निरन्तर खोप सेवा सञ्चालन गरी पूर्णखोपको अवस्था कायम राख्ने प्रक्रिया हो । १५ महिनाका बालबालिकाहरुको उमेरमा गरिन्छ ।

मन्थली नगर किशोरी वृत्त अध्यक्ष प्रिया कुमारी मण्डल, नमुना बाल सञ्जालका अध्यक्ष पविन्द्र श्रेष्ठ तथा विभिन्न समूहका समूहले कदरपत्र, प्रमाणपत्र, सम्मानपत्र पाएका थिए । मन्थली नगर मेयरले आफ्नो भनाइ राख्दै समापन गर्नु भयो ।

Scroll to Top