सुनापति– रामेछाप जिल्ला सुनापति गाउँपालिका वडा नं. ३ हिलेदेवी स्थित सुनापति डाँडामा रहेको १०८ बुद्ध भगवानको मूर्ति धार्मिक पर्यटनको महत्वपूर्ण तीर्थ स्थल बनेको हो । यस स्थानलाई बुद्ध स्थल भनेर चिनिन्छ । सुनापति जहाँ १०८ वटा बुद्धका मूर्तिहरु सुन्दर रुपमा स्थापना गरिएको छ । यहाँका सबै मूर्तिहरु एकै शैलीमा तर क्रमबद्ध रुपमा राखिएका छन् । जसले ध्यान र शान्तिको वातावरण सिर्जना गर्छ । यस गाउँपालिकामा ५ वटा वडा छन् । यस गाउँपालिका भित्र मठ मन्दिरहरु शतलिङ्गेश्वर महादेव, आलमपुर भीमसेन र कृष्णवनेश्वर महादेव हिन्दू र बौद्ध धर्म दर्शनमा भक्तजनहरुले आस्था र आत्मालाई विश्वास गर्छन् । यस स्थलमा पर्यटकको आकर्षण आन्तरिक र बाह्य पर्यटकहरुका लागि पनि यो स्थल लोकप्रिय बन्दै गएको छ । यदि तपाईँ शान्ति र आध्यात्मिकताको प्रतीक मानिने स्थल खोज्दै हुनुहुन्छ भने यो उपयुक्त गन्तव्य हो । पर्यटन आकर्षक डाँडाहरु महाभारत, तिमाल, मादन, सानो तिमाल, सुनकोसी, चौरीखोला, खानीखोला, पहाड, भिर, पाखा, झरना, वन जंगल, जनावरहरु बाघ, स्याल, मृग, मलसाप्रो, बाँदर, डेडु, खरायो, लोखर्के, न्याउरीमुसा आदि तथा चराचुरुङ्गी परेवा, ढुकुर, च्याखुरा पाइन्छन् । सूर्योदय र सूर्यास्तको दृश्य निकै विशेष मनमोहक हुन्छ । फोटो खिच्न र घुमफिरका लागि रमाइलो घमाइलो गन्तव्य स्थान हो । सुनापति गाउँपालिका केन्द्रबाट स्थानीय सवारी वा पैदल यात्रा गरेर स्थलसम्म पुगिन्छ । प्राकृतिक र आध्यात्मिक दुवै प्रकारका अनुभव गर्न सकिन्छ ।












