रामेछापमा अदालत र सञ्चारकर्मीबीचको अन्तरक्रिया


मन्थली-रामेछाप जिल्ला सदरमुकाम मन्थली नगरपालिका अदालतको सभाहलस्थित रामेछाप अदालत र सञ्चारकर्मीबीचको अन्तरक्रिया कार्यक्रम भएको हो । रामेछाप जिल्ला भित्रका देवानी, नागरिक तथा फौजदारी आपराधिक मुद्दाहरूको सुनुवाइ र फैसला गर्ने कार्य गर्दछ । स्थानीय स्तरका न्याय सम्पादन गर्ने प्रमुख न्यायिक निकाय हो । आम नागरिकलाई सेवा दिएको छ । मुद्दा दर्ता, पेशी सूची, फैसला तथा आदेशको अभिलेख, प्रमाणित प्रतिलिपि, कानुनी सूचना प्रकाशन आदि अदालत र सञ्चारकर्मीबीचको अन्तरक्रिया कार्यक्रम भनेको न्यायपालिका अदालत र सञ्चार क्षेत्रका प्रतिनिधि पत्रकार, सम्पादक, सञ्चारकर्मीबीच हुने औपचारिक संवाद तथा छलफल कार्यक्रम हो । यसका मुख्य उद्देश्य न्यायिक प्रक्रिया र सञ्चार क्षेत्रबीचको समन्वय, पारदर्शिता, आपसी समझदारी बढाउनु हो ।

यसै गरी सो कार्यक्रममा माननीय जिल्ला न्यायाधीश राजेन्द्र नेपालको अध्यक्षतामा नेपाल पत्रकार जिल्ला शाखाका अध्यक्ष दिपक घिमिरे, निवर्तमान अध्यक्ष बद्री नयाँघरे, पूर्व अध्यक्ष रमेश ढुङ्गेल, सञ्चारकर्मीहरू उपस्थितिमा यस आ.व.मा दर्ता भएको मुद्दा संख्या ३०६, जिम्मेवारी सरेर आएको मुद्दा १०९, यस आ.व.मा फैसला भएको मुद्दा २६३, देवानी २०५, फौजदारी ५८, यस आ.व.मा फैसला भएको १७२, जिम्मेवारीबाट फैसला भएको ९१, चालु मुद्दा संख्या १५२–१३४ थान यस आ.व.को, १८ थान पुरानो आ.व.को सबैभन्दा बढी दर्ता हुने मुद्दा सम्बन्ध विच्छेद दर्ता १७६ थान, फैसला ११५ थान, कार्ययोजनाले लिएको लक्ष्य ३२३ भएको फैसला २६३, प्रगति ८१.४१ प्रतिशत काम भएको छ । जरिवाना लागत ६१,८२,५६,००४।– कैदको लागत ८३४।२।२८, फैसलौट कैदतर्फ १८१।१।२५, जरिबाना तर्फ २,१७,८१,६६२ माननीय राजेन्द्र नेपालले प्रस्तुति गर्नु भएको छ ।

प्रमुख उद्देश्य अदालतका गतिविधि, निर्णय र न्यायिक प्रक्रियाबारे सञ्चारकर्मीलाई जानकारी गराउने, न्याय सम्पादनमा सञ्चार माध्यमको भूमिकाबारे छलफल गर्दै अदालत सम्बन्धी समाचार सम्प्रेषण गर्दा पालना गर्नुपर्ने कानुनी तथा नैतिक पक्षबारे जानकारी आदानप्रदान गर्ने, सूचना प्रवाहलाई प्रभावकारी र विश्वसनीय बनाउने ।

Scroll to Top