विश्व चेतना दिवसमा छलफल तथा अन्तरक्रिया कार्यक्रम

रामेछाप – मन्थली सदरमुकाम मन्थली नगरपालिका स्थित “शिक्षित, स्वास्थ्य, व्यावसायिक शहरः उत्थानशील र समृद्ध मन्थली नगर” दुर्व्यवहार विरुद्ध सचेतनाको अभिवृद्धि, २१औं ज्येष्ठ नागरिकप्रति हुने दुर्व्यवहार विरुद्धको विश्व चेतना दिवसका अवसरमा आयोजित ज्येष्ठ नागरिक हकअधिकारका विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम मन्थली नगरपालिका नगरकार्यपालिकाको कार्यालय, मन्थली रामेछापको आयोजनमा भएको हो ।

मन्थली नगरपालिका नगरकार्यपालिकाका मेयर लव श्रेष्ठको अध्यक्षतामा, मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटा तथा विश्व चेतना दिवसको अवसरमा जिल्ला ज्येष्ठ नागरिकका अध्यक्ष नारायणदास श्रेष्ठले स्थानीय सरकारी कार्यालयमा हरेक कामको सिफारिसका आधारमा जाँदा ज्येष्ठ नागरिक वृद्ध भनेर काममा ढिलासुस्ती हुने, बस, सुमो लगायतमा आफूहरुले मान्यता नपाएको गुनासोसहित स्वागत मन्तव्य राखेका थिए ।

मेयर लव श्रेष्ठले भन्नुभयो, ज्येष्ठ नागरिकलाई आवश्यकता अनुसार माग गरे मन्थली नगरपालिकाले पूर्ण सहयोग गर्ने, कार्यालयका लागि पनि सहयोग गर्ने तथा नगरले पनि लौरोदेखि विभिन्न सामग्री प्रदान गरेको बताउनुभयो ।

विश्व चेतना दिवस भनेर जुन १५ मा मनाइने यो विशेष दिवस, ज्येष्ठ नागरिक दुर्व्यवहार विरुद्धको विश्व चेतना दिवसको उद्देश्य ज्येष्ठ नागरिकमाथि हुने दुर्व्यवहारबारे विश्वव्यापी चेतना फैलाउनु हो ।

जिल्ला प्रशासन कार्यालयका लक्ष्मण भुजेलले कार्यक्रम प्रस्तुति गर्नुभएको थियो ।

Scroll to Top