रामेछाप– रामेछाप जिल्ला सदरमुकाम मन्थली नगरपालिका वडा नं. १ तीनलालपार्कस्थित मन्थली शिक्षण सुधार मन्थली नगरपालिका स्तरीय शिक्षक सम्मेलन २०८३ अन्तरक्रिया कार्यक्रम आयोजना भएको हो । मन्थली नगरपालिका वडा नं. १ का वडा अध्यक्ष होमप्रसाद पौडेलको अध्यक्षतामा सो कार्यक्रमको प्रमुख अतिथि मन्थली नगरपालिकाका मेयर लव श्रेष्ठको प्रमुख आतिथ्यमा भएको हो ।
मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटा, वडा नं. ४ का वडा अध्यक्ष राजन घिमिरे तथा विशेष अतिथि दरबार हाईस्कुलका प्रधानाध्यापक शारदा खड्का उपस्थित रहेका थिए ।
शिक्षण सुधार भनेको शिक्षा प्रणालीलाई अझ प्रभावकारी, समावेशी, गुणस्तरीय र समयअनुकूल बनाउन गरिने परिवर्तनहरू हुन् । यसको उद्देश्य विद्यार्थीको सिकाइ क्षमता, शिक्षण दक्षता र समग्र शैक्षिक गुणस्तरमा सुधार ल्याउनु हो ।
समयअनुकूल र व्यावहारिक विषयवस्तु समावेश गर्ने, रटाइभन्दा सिर्जनात्मक सोच, समस्या समाधान र सीप विकासमा जोड दिने, शिक्षक केन्द्रितभन्दा विद्यार्थी केन्द्रित शिक्षण आवश्यक रहेको छलफल गरिएको थियो । परियोजना कार्य, प्रयोगात्मक सिकाइ तथा प्रविधिको प्रयोग बढाउने, निरन्तर मूल्याङ्कन, परियोजना प्रस्तुतीकरण र व्यावहारिक कार्यलाई महत्व दिने विषयमा पनि जोड दिइएको थियो ।
यसबाट शिक्षाको गुणस्तर वृद्धि हुन्छ । विद्यार्थीमा व्यावहारिक ज्ञान र सीप विकास हुन्छ । रोजगारी तथा उद्यमशीलताका लागि आवश्यक क्षमता बढ्छ । शिक्षण सुधार शिक्षा प्रणालीलाई आधुनिक, प्रभावशाली र विद्यार्थीको आवश्यकता अनुरूप बनाउने प्रक्रिया हो । पाठ्यक्रम, शिक्षण विधि, मूल्याङ्कन, शिक्षक विकास र प्रविधिको उचित प्रयोगमार्फत गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छ ।
१० वटा विद्यालयका शिक्षकलाई सम्मान गरिएको उक्त अन्तरक्रिया कार्यक्रम वडा नं. १ का वडा अध्यक्ष होमप्रसाद पौडेलले समापन गर्नु भएको थियो ।












