मन्थली अस्पतालमा बृहत् निःशुल्क स्वास्थ्य शिविर

मन्थली–रामेछाप जिल्ला सदरमुकाम मन्थली नगरपालिका वडा नं. १ भुतेखाला स्थित काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोग तथा मन्थली नगरपालिकाको आयोजनमा मन्थली अस्पतालमा बृहत् निःशुल्क स्वास्थ्य शिविर भएको हो । काठमाडौं मेडिकल कलेज इन्चार्ज मदनलाल श्रेष्ठ, अल राउड व्यवस्थापक नवीन पौडेल, डा. दर्शन घिमिरे लगायतका २१ जना सहभागी स्वास्थ्यकर्मीहरुले सेवा दिएका थिए । यस जिल्लाका समाजसेवी तथा केएमसी अस्पतालका सदस्य गुनराज भट्टराई, त्यसैगरी मन्थली अस्पतालका प्रमुख डा. केशव सिंह धामी, मन्थली नगरपालिका मेयर लव श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत देवर्षी सापकोटा उपस्थित रहेका थिए । काठमाडौं सिनामंगल क्षेत्रमा रहेको एक प्रसिद्ध निजी मेडिकल कलेज तथा शिक्षण अस्पताल हो । यो सन् १९९७ मा स्थापना भएको हो । सिनामंगल काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको छ र यसको शाखा भक्तपुर दुवाकोटमा रहेको छ । रामेछाप जिल्ला सदरमुकाम मन्थलीमा रहेको एक सरकारी अस्पताल हो । यस बृहत् निःशुल्क स्वास्थ्य शिविरमा ओपिडीमा १०५५ बिरामीले सेवा लिए । अन्य बिरामीहरुले समेत गरी उपचारमा सेवा पाएका कुल संख्या १३१३ रहेका छन् । यसले मन्थली तथा आसपासका गाउँका बिरामीहरुलाई आधारभूतदेखि आपतकालीन स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

Scroll to Top