मन्थलीमा पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम

मन्थली–रामेछाप जिल्लाको मन्थली सदरमुकाम मन्थली नगरपालिका वडा नं. १ भुत्याखोलास्थित आयुर्वेद वैकल्पिक चिकित्सालयले चैत्र १७ गते पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम वागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली रामेछापको आयोजनामा यो कार्यक्रम गरिएको हो । उक्त कार्यक्रम नवराज पथिकको अध्यक्षतामा प्रमुख अतिथि जिल्ला समन्वय समितिका उपप्रमुख प्रेम बहादुर थापाको प्रमुख आतिथ्यमा भएको थियो । रामेछाप जिल्लामा २ नगरपालिका र ६ गाउँपालिका गरी ८ वटा रहेकामा ६ वटामा रहेको उमाकुण्ड र लिखु तामाकोशी गाउँपालिकामा स्थापना गर्ने बाँकी छन् । बालबालिका, ज्येष्ठ नागरिक, महिला, अपाङ्ग, एकल महिला, बिरामीको डाटाबाट हेर्दा ७० प्रतिशत राम्रो नतिजा ल्याउन सफल भएको छ । आयुर्वेद चिकित्सा प्राचीन भारतीय स्वास्थ्य प्रणाली हो, जसको उत्पत्ति करीब ५००० वर्ष अघि भएको मानिन्छ । “आयुर्वेद” शब्द संस्कृतका दुई शब्दबाट बनेको हो, “आयु” जीवन र वेद ज्ञान जसको अर्थ हुन्छ “जीवन” को ज्ञान । आयुर्वेद शरीर, मन र आत्माको सन्तुलनलाई स्वास्थ्यको आधार मान्छ । यसले शरीरलाई तीन प्रमुख दोषमा विभाजन गर्छ । वात हावा र आकाश तत्वसँग सम्बन्धित चलायमान, पित्त आगो र पानी तत्वसँग सम्बन्धित पाचन र ताप, कफ पानी र पृथ्वी तत्वसँग सम्बन्धित स्थिरता र संरचना यी तीन दोषको सन्तुलन बिग्रिँदा रोग लाग्ने विश्वास गरिएको छ । उपचार आयुर्वेदमा विभिन्न प्राकृतिक उपचार विधिहरु प्रयोग गरिन्छ । “उष्ण स्निग्धं मात्रा युक्तं जीर्णे वीर्याविरुद्धम् । इष्टे देशे इष्ट सर्वोपकरण नातिद्रुतं नातिविलम्बितम् । अजल्पन् अहसन् तन्मना भुञ्जीत आत्मानम् अभिसमीक्ष्य ॥” अर्थ “सही तरिकाले खाएको खाना नै औषधी बन्छ ।” जडीबुटी औषधी, वनस्पति आधारित औषधी, पंचकर्म शरीर शुद्ध गर्ने विशेष प्रक्रिया, योग र ध्यान मानिसका शारीरिक सन्तुलनका लागि, आहार व्यक्तिको दोष अनुसार खानपान, जीवन शैली दिनचर्या र ऋतु अनुसार बानी । प्रमुख अतिथि सबै रोगमा मात्र आयुर्वेद पर्याप्त नहुन सक्छ, योग्य आयुर्वेद चिकित्सकको सल्लाह लिनुपर्छ, मिलाएर प्रयोग गर्दा राम्रो परिणाम आउन सक्छ भनी प्रेम सागर थापाले बताउनु भयो । कार्यक्रममा पत्रकारहरुले सोधिएका प्रश्नको जवाफ आयुर्वेद वैकल्पिक चिकित्सालयका कार्यालय प्रमुख दीपक कार्कीले दिनुका साथै कार्यक्रमका अध्यक्षले आफ्नो भनाइ राख्दै पत्रकारसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्नु भयो ।

Scroll to Top