रामेछाप–रामेछाप जिल्ला रामेछाप नगरपालिका वडा नं. ८ श्रि माध्यमिक विद्यालय भङ्गेरीस्थित रामेछाप नगरपालिका नगरकार्यपालिका कार्यालयको आयोजनामा यही २०८२ साल चैत्र २७ गते शुक्रबार श्रि माध्यमिक विद्यालय भङ्गेरीमा सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो । शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पर्यटन र पूर्वाधार, समुन्नत र समृद्ध रामेछाप निर्माणको आधार, आर्थिक वर्ष २०८२/०८३ को दोस्रो चौमासिक अवधिसम्म रामेछाप नगरपालिकाको कार्यालयबाट सञ्चालन भए गरेका कार्य र सेवा प्रवाहको अवस्थाका बारे विषयक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ । सार्वजनिक सुनुवाई कार्यक्रमका प्रमुख अतिथि तथा जवाफदेही वक्ता रामेछाप नगरकार्यपालिकाका मेयर लवश्री न्यौपाने, अतिथिहरु उपमेयर बालाकुमारी कार्की, रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाई, वडा अध्यक्षहरु रुख बहादुर खत्री, निर बहादुर श्रेष्ठ, दल बहादुर प्रधान, कृपा थापामगर, हरिश्चन्द्र श्रेष्ठ, राजेश तामाङ सन्तोष र चन्द्रबहादुर श्रेष्ठ
सार्वजनिक सुनुवाईमा अतिथिहरु नेपाल पत्रकार महासंघ रामेछाप शाखा उपाध्यक्ष विफा घिसिङ, रामेछाप नगरपालिकाको कार्यालय विभिन्न शाखा प्रमुखहरु रहनु भएको थियो । त्यसैगरी नागरिक समाज, सञ्चारकर्मी, राजनीतिककर्मी समेत उपस्थित रहेका थिए । कार्यक्रममा सेवाग्राहीले सोधेका प्रश्नको जवाफ रामेछाप नगरपालिकाका मेयर लवश्री न्यौपाने तथा प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाई लगायतका वक्ताहरुले जवाफ दिनुका साथै सार्वजनिक सुनुवाई कार्यक्रम पनि विधिवत रुपमा सम्पन्न भएको थियो ।












