रामेछाप–रामेछाप जिल्ला मन्थली जिल्ला समन्वय समितिको हलमा कुलायन गुरु दीपक चेला परिवार कुलायन गुरु प्रथम साधारण सभा भएको हो । ॐ जय श्रीकुल देवताय नमो नमः दियो स्वास्ती वाचन ऋग्वेद प्रपन्नाचार्य तथा उमातिर्थ डटकमका प्रधान सम्पादक टंक प्रसाद गौतम गराएको हो । सो कार्यक्रम ओखलढुङ्गा, सोलुखुम्बु, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछाप रहेका खड्का, थापा, चौलागाईं, दाहाल, बुढाथोकी, कार्की मुडुला, लामाकार्की, सुतारकार्की, फुयाल, लामिछाने विभिन्न कुलदेवता संरक्षण गर्न कुलायन गुरु दीपक चेला परिवारले गरेको कार्यक्रम हो । कार्यक्रमको अध्यक्ष रामजी केसी खत्री अध्यक्षतामा प्रमुख अतिथि लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महतको प्रमुख आतिथ्यमा दोलखा जिल्ला तामाकोशी गाउँपालिका वडा नं. ५ वडा अध्यक्ष शम्भु प्रसाद फुयाल तथा विशेष अतिथि दीपक खड्का, सल्लाहकार सदस्य यम बहादुर थापा आदि रहेका छन् । कार्यक्रमको अवसरमा प्रमुख अतिथिले भन्नुभयो “कुलायन देवता नेपालको विभिन्न जाति समुदायहरूमा पूजिने एक महत्वपूर्ण परम्परागत देवता हुन् । विशेष गरी पहाडी क्षेत्रका समुदायहरूमा कुलायनलाई आफ्नो कुल (वंश/परिवार) को रक्षक देवताका रूपमा मानिन्छ । विश्वास अनुसार कुलायन देवताले परिवारको रक्षा गर्ने, संकटबाट बचाउने र समृद्धि दिने काम गर्छन्” । बताएका हुन् । कुलायन गुरु दीपक चेला परिवार समितिहरू १ अध्यक्ष– रामजी केसी खत्री, २ उपाध्यक्ष– कृष्ण कार्की, ३ सचिव– पुष्कर फुयाल, ४ सहसचिव– सुजन खत्री, ५ कोषाध्यक्ष– राजकुमार खत्री, सदस्यहरू– ६ निरञ्जन खड्का, ७ सुरम खड्का, ८ ज्ञान बहादुर बस्नेत, ९ लाल बहादुर खड्का कुमार, १० पदम बुढाथोकी, ११ मान बहादुर खड्का अमृत, १२ याम बहादुर थापा, १३ विष्णु बोहोरा, १४ कृष्ण कुमार खड्का र १५ कुमार प्रसाद चौलागाईं १५ जनाको कार्य समिति रहेका छन् । कुलायनको स्थान विशेषमा पूजा प्रायः गाउँको कुनै विशेष स्थान, ढुंगा वा मन्दिरमा कुलायनको थान हुन्छ । कुलाय देवताले सुख, शान्ति, आध्यात्मिक, सांस्कृतिक परिवार भित्र एकता सुरक्षा पाउने विश्वास गरिन्छ ।












