मन्थलीमा जगदिश घिमिरे ११औँ स्मृति सम्मानअर्पण पुरस्कार समारोह

रामेछाप- रामेछाप मन्थली सदरमुकाम मन्थली नगरपालिका वडा नं. १ तामाकोशी सेवा समिति सभाहलस्थित आज २०८२ माघ ३ गते जगदिश घिमिरे ११औँ स्मृति साहित्यिक प्रतिष्ठानको पुरस्कार सम्मान अर्पण समारोह कार्यक्रम गरिमामय, सुन्दर चिसो वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ ।

कार्यक्रम स्वर्गीय जगदिशप्रसाद घिमिरेका धर्मपत्नी दुर्गा कुमारी घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि मन्थली नगरपालिकाकी उपमेयर इश्वरी बस्नेत, विशेष अतिथि जिल्ला प्रहरी नायब उपरीक्षक भोला कुमार भट्ट, वडा नं. १ का अध्यक्ष होमप्रसाद पौडेल, वडा नं. ५ का रविन कार्की, अतिथिहरू रोचक घिमिरे, नगेन्द्रराज घिमिरे, पूर्व शिक्षक गुन्जबहादुर श्रेष्ठ, हिमाल घिमिरे, गोविन्दप्रसाद घिमिरे, पवन आलोक, मिना गौतम चौलागाईं, ओम श्रेष्ठ, अमृता लम्साल, डा. ज्ञानु पाण्डे, गंगा चापागाईं, प्राञ्जल घिमिरे, भावना उप्रेती, मधु पाठक, प्रदीप सापकोटा, निरज शर्मा, प्रतीक घिमिरे, राजेश उपाध्याय, इल्या भट्टराई, सुष्मा आचार्य ‘अशु’, रेखा कडेल, बसन्त रिजाल, देविका तिम्सिना, शंकर भारती, माधव सयपत्री, रमेश ढुंगेल, नवीन केसी, प्रेम घिमिरे र कुमार दाहाल सञ्चारकर्मी, विभिन्न सहकारीका प्रतिनिधिहरू, कर्कला देवी अङ्ग्रेजी स्कुल, लिटिल इङ्लिस बोर्डिङ स्कुल, मन्थली मा.वि.का विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

पहिलो पुरस्कार रु. २००० (दुई हजार), दोस्रो पुरस्कार रु. १५०० (एक हजार पाँच सय), तेस्रो पुरस्कार रु. १००० (एक हजार) र सान्त्वना रु. ५०० (पाँच सय) का दरले जगदिश घिमिरे ११औँ स्मृति साहित्य प्रतिष्ठान सभाको वक्तृत्वकला प्रतियोगितामा भाग लिई पुरस्कार वितरण गरिएको थियो ।

त्यसैगरी रामेछापकी चेली मिना गौतम चौलागाईंले २०८१ को साहित्य स्रष्टा राशि रु. ५१,००० (एकाउन्न हजार) पुरस्कार लिएकी थिइन् । त्यसैगरी भोजपुर जिल्लाका साहित्य स्रष्टा पवन आलोकले २०८२ को जगदिश घिमिरे साहित्य प्रतिष्ठानद्वारा रु. ५१,००० (एकाउन्न हजार) पुरस्कार प्राप्त गरेका थिए ।

जगदिश घिमिरेसँग बाल्यकालमा काँडा खेलखेल्दा का सखा–साथीहरूलाई पनि जाडोयाममा न्यानो ब्ल्याङ्केटद्वारा सम्मान गरिएको थियो । सम्मान पाउनेहरूमा मनमाया माझी, राजलाल माझी, लुती माझी लगायत रहेका थिए ।

जिल्लाका पत्रकारद्वय रमेशप्रसाद ढुंगेल र नवीन कुमार केसीले यी दुवै साहित्य स्रष्टाले एमफिलमा जगदिश घिमिरे साहित्य प्रतिष्ठानद्वारा जगदिश घिमिरेका प्रमुख पुस्तक तथा कृतिहरू ‘अन्तर्मनका यात्रा’, ‘सकस’ उपन्यास तथा विभिन्न विधामा लेखिएका पुस्तकहरूबाट एमफिल गरेका जानकारी दिएका थिए ।

कार्यक्रममा “जगदिश घिमिरे : संक्षिप्त जीवनी” नामक पकेट बुक विमोचन गर्नुका साथै हस्ताक्षर गरिएको थियो । जगदिश घिमिरेको फोटोमा माल्यार्पण गर्दै जगदिश घिमिरे साहित्य प्रतिष्ठानकी सञ्चालक तथा धर्मपत्नी दुर्गा घिमिरेले दिवङ्गत जगदिश घिमिरेको ११औँ स्थापना दिवस आगामी दिनहरूमा अझ विस्तार गर्दै थप सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।

वक्तृत्वकला प्रतियोगिताका निर्णायक संयोजक पवनराम पौडेल तथा सदस्यहरू अमृता वास्कोटा, नारायणप्रसाद घिमिरे र डा. ज्ञानु पाण्डे निर्णायकमण्डलमा रहनुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिले जगदिश घिमिरे साहित्य प्रतिष्ठान परिवारलाई कार्यक्रम सफल बनाउन मन्थली नगरपालिकाले सहयोग गर्ने र नगरपालिकामा जगदिश सङ्ग्रहालय बनाउन आ.व. २०८२/०८३ मा गुरुयोजनासहित बजेट योजनामा जातजाति सङ्ग्रहालयलाई पहिलो प्राथमिकतामा राखिएको जानकारी दिनुभयो । सबै अतिथिहरूलाई धन्यवाद दिँदै नगर उपमेयर इश्वरी बस्नेतले बताउनुभयो ।

अन्त्यमा जगदिश घिमिरे स्मृति साहित्य प्रतिष्ठानले पुरस्कार सहयोग र प्रेरणाको कार्यलाई सशक्त रूपमा अघि बढाउँदै सभापति दुर्गा घिमिरेले कार्यक्रम समापन गर्नुभयो ।

Scroll to Top