विश्व प्रेस स्वतन्त्रता र चुनौती : पत्रकारलाई सुरक्षा आवश्यकता


रामेछाप– रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं. १ तीनलालस्थित “शान्तिपूर्ण भविष्यको निर्माण, मानव अधिकार विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्द्धन” विश्व प्रेस स्वतन्त्रता दिवस २०८३ को अवसरमा स्थानीय पत्रकारितामा प्रेस स्वतन्त्रता र चुनौतीको अवस्था विषयक अन्तरक्रिया तथा वि.सं. २०८३ सालको भित्तेपात्रो विमोचन तथा सार्वजनिकीकरण कार्यक्रम नेपाल पत्रकार महासंघ जिल्ला शाखाको आयोजनामा २०८३ वैशाख २० गते तीनलाल पार्कमा भएको हो ।
विश्व प्रेस स्वतन्त्रता दिवस २०८३ को अवसरमा रामेछाप नगरपालिकाका मेयर तथा यस अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि लवश्री न्यौपानेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । विश्व प्रेस स्वतन्त्रता दिवस हरेक वर्ष मे ३ तारिखका दिन मनाइन्छ । यो दिवस प्रेस तथा सञ्चारमाध्यमको स्वतन्त्रताको महत्व सम्झाउन, पत्रकारहरूको अधिकार रक्षा गर्न तथा स्वतन्त्र पत्रकारहरूमाथि हुने दबाब र हिंसाबारे विश्वलाई सचेत गराउन मनाइन्छ ।
यस दिवसको घोषणा सन् १९९३ मा गरिएको हो । यसको प्रेरणा सन् १९९१ को घोषणाबाट आएको हो, जसले स्वतन्त्र र बहुलवादी प्रेसको आवश्यकता जोड दिएको थियो । स्वतन्त्र प्रेसले नागरिकलाई सत्य र विश्वसनीय सूचना प्राप्त गर्न मद्दत गर्छ, लोकतन्त्रलाई बलियो बनाउँछ तथा भ्रष्टाचार, अन्याय र शक्तिको दुरुपयोग उजागर गर्न सहयोग गर्छ । यसले स्वतन्त्रताको पक्षमा आवाज उठाउँछ ।
अहिलेका मुख्य चुनौतीहरूमा पत्रकारमाथि धम्की, आक्रमण र गिरफ्तारी, गलत सूचना तथा दुष्प्रचारका आरोपहरू रहेका छन् ।
सो कार्यक्रम पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्ष दिपक घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा अतिथिहरू नवराज पथिक, मन्थली नगरपालिका उपमेयर इश्वरी बस्नेत, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, प्रहरी नायव उपरीक्षक (प्रनाउ) जिप्रका भोला कुमार भट्ट, सशस्त्र प्रहरी नायव उपरीक्षक (सप्रनाउ) प्रवल नेपाल, लक्ष्मण खड्का तथा अन्य सरकारी कार्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
हरेक वर्ष यो दिवसका लागि विशेष विषयवस्तु तय गरी नेपालमा पनि यो दिवस पत्रकार महासंघ, सञ्चार संस्था तथा विभिन्न नागरिक समाजहरूले अन्तरक्रिया, सम्मान कार्यक्रम तथा छलफलमार्फत मनाउने गरेका छन् ।

Scroll to Top