नागर्जुन– काठमाडौँ जिल्ला नागार्जुन नगरपालिका वडा नम्बर ५ नागार्जुन नगरपालिकाको काखमा अवस्थित श्री जनउद्धार माध्यमिक विद्यालय काठमाडौँ जिल्लाका सामुदायिक विद्यालयहरूमध्ये एक नमुना विद्यालय हो। सुन्दर हरियाली डाँडाको काखमा अवस्थित यस विद्यालयमा २९ जना शिक्षक कर्मचारी र ६८६ जना विद्यार्थीहरू अध्ययनरत रहेको विद्यालय हो। बाल क्लब, इको क्लब, सफा क्लब, विभिन्न विषयगत समितिहरू, अनुशासन विभाग, परीक्षा विभाग, सरसफाई विभाग, जनसम्पर्क विभाग, पुस्तकालय विभाग, आइटी विभाग, अतिरिक्त क्रियाकलाप विभाग, लगायतका विभिन्न विभागहरू सक्रिय रूपमा काम गरिरहेका छन्। शिक्षकहरूलाई शैक्षिक सत्रको सुरुमा पाठ्यक्रम प्रविधिकरण पूर्ण ताजगी तथा शैक्षिक सामग्री निर्माण तालिम, विद्यार्थी भर्नाको लागि घरदैलो कार्यक्रम, अभिभावक परामर्श कार्यक्रम, विद्यालय देखि कामको संसार कार्यक्रम, जेहनदार विद्यार्थी पुरस्कार वितरण, सदन विभाजन, निःशुल्क कम्प्युटर कक्षा सञ्चालन, हाजिरी जवाफ प्रतियोगिता, वृत्तिमार्ग निर्देशन कार्यक्रम, खेलकुद कार्यक्रम, नयाँ विद्यार्थी स्वागत कार्यक्रम, निबन्ध प्रतियोगिता, विषयगत हाजिरी जवाफ प्रतियोगिता, विद्यार्थीद्वारा प्रस्तुत सांस्कृतिक कार्यक्रमसहितको अभिभावक दिवस, सामाजिक परीक्षण, शैक्षिक अवलोकन भ्रमण कार्यक्रम, राष्ट्रपति रनिङशील प्रतियोगितामा सहभागिता, डिजिटल हाजिरी जवाफ प्रतियोगिता माध्यमिक तह एस.ई.ई र कक्षा आठको पूर्व तयारी कक्षा सञ्चालन, नमुना विद्यालय असल अभ्यास आदानप्रदान अवलोकन भ्रमण, लगायतका कार्यक्रमहरूको उपयोग गरी गुणस्तरीय शिक्षा दिने यस विद्यालय काठमाडौँ जिल्लाको एक नमुना विद्यालयको रुपमा लिएको छ। खाली कक्षा व्यवस्थापन गरी कक्षामा कुनै पनि पिरियडहरू खाली नराखिकन सञ्चालन हुँदै आइरहेको यस विद्यालयमा प्रत्येक महिना स्टाफ बैठक बसी विभिन्न विषयहरूमा छलफल तथा विभिन्न विभागीय तथा समितिले गरेका प्रगतिहरूको बारेमा छलफल गरी विद्यालय सुधार योजनाहरू कार्यान्वयन गर्ने गरिएको विद्यालय हो। व्यवस्थापन समिति र शिक्षक स्टाफको संयुक्त बैठक बसी विद्यालय सुधारको लागि व्यापक रुपमा छलफल गरी कार्यान्वयन गर्दै आइएको यस विद्यालयमा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घले कक्षागत अवलोकन विद्यार्थीहरूसँगको अन्तरक्रिया र छलफलको माध्यमबाट विद्यालयमा देखिएका कमीकमजोरीहरूलाई सुधार्दै अगाडि बढिरहेको यस विद्यालयमा सम्पूर्ण विद्यार्थीहरूलाई खाजाको व्यवस्थापन कक्षा १ देखि ५ सम्म सरकारी तर्फबाट र बाँकी विद्यार्थीहरूलाई नागार्जुन नगरपालिका वडा नम्बर ५ र विद्यालयको तर्फबाटै व्यवस्थापन गर्दै आइर्हेको छ। एस.ई.ई परीक्षाको बेलामा 6 To 6 प्रोग्राम मार्फत विद्यालयहरूलाई अध्ययन अध्यापन गर्दै आइरहेको यस विद्यालय शिक्षा सुधारको लागि अवलोकन गर्न उपयुक्त एक विद्यालयको रूपमा लिएको पाइन्छ । सो विद्यालयकाे बिव्यस अध्यक्ष उर्मिला वस्नेत, जनउद्धार माध्यमिक विद्यालयका प्रधानध्यापक राजन न्यौपाने, सहायक प्रधानध्यापक राजु केसी शिक्षाा सुधारमा निरन्तर लागिरहेका छन् । त्यसैगरी विद्यालयको प्रशासन र व्यवस्थापनको काम शिक्षक कृष्णा प्रसाद पाण्डे (केपी शर्मा) ले मिलाउँदै आएका छन्












