भैशेश्वरमा चन्द्रशिखर महादेवको मन्दिर उद्घाटन


मन्थली– रामेछाप जिल्ला सदरमुकाम मन्थली नगरपालिका वडा नं. १ भैशेश्वर डाँडास्थित चन्द्रशिखर महादेव मन्दिर निर्माण कार्य भएसँगै नयाँ भवन निर्माण समितिले हस्तान्तरण गरी भैशेश्वर चन्द्रशिखर महादेवको मन्दिर उद्घाटन भएको हो । यस स्थानमा रहेका मठ मन्दिरहरू कृष्ण, राधा, कालीदेवी, अखण्ड हवन कुण्ड, यस मन्दिर सहयोग गर्ने सहयोगी संस्थाहरू विश्व हिन्दु महासंघ, ब्राह्मण समाज, राष्ट्रिय लोक चड्का रामेछाप समिति, शिवशक्ति कल्याणी केन्द्र, सहारा आश्रम मन्थली, भैशेश्वर जल उपभोक्ता समिति लगायत मन्थली भैशेश्वरवासी संयुक्त आयोजनामा मन्दिर समितिले चन्द्रशिखर महादेवको मन्दिर निर्माण गरेको छ । चन्द्रशिखर महादेव मन्दिर नेपालको बागमती प्रदेश नेपाल रामेछाप जिल्ला मन्थली सदरमुकाम भैशेश्वरमा निर्माणधीन मन्दिर धार्मिक तथा प्राकृतिक रूपमा रमणीय स्थलहरू मध्य एक प्रसिद्ध शिव मन्दिर हो । यसमा विशेषगरी रामेछाप जिल्लामा अवस्थित छ र हिन्दु दर्शनका लागि तीर्थस्थल मानिन्छ । यहाँबाट आसपासका पहाड, वनजंगल र प्राकृतिक दृश्य अत्यन्तै आकर्षक देखिन्छ । यो सदरमुकाम तामाकोशी नदी धार्मिक महत्व यो मन्दिर भगवान शिवलाई समर्पित छ । विशेषगरी महाशिवरात्रिमा यहाँ ठूलो मेला लाग्छ, भक्तजनहरूले पूजाआजा, भजन, कीर्तन र व्रत गरेर शिवको आराधना गर्दछन् प्राकृतिक सौन्दर्य हरियाली जंगल र शान्त वातावरण हिमाली तथा पहाडी दृश्यहरू जसले धार्मिकसँग पर्यटकीय महत्व पनि बढाएको छ । योगेन्द्रराज न्यौपानेले बताउनु भएको छ । कृष्ण राधा कालीदेवी गएको हप्ताको हावाहुरीले मन्दिरको छाना उडाएर लगेको हुनाले स्थानीय सरोकारवालाहरूको ध्यान जान सकोस् यी मन्दिर हिन्दुधर्म संस्कृतिका अनुयायी हौँ ।

Scroll to Top