
रामेछाप–रामेछाप जिल्लास्थित रामेछापमा तथा देशभर पीपल एक धार्मिक कार्यमा ख्याति प्राप्त बोट हो । पीपलको महिमा र महत्वबारे ऋग्वेद,भविष्य पुरान,श्रीमद्भागवत,यजुर्वेद सामवेद र गीतामा वर्णन गरिएको छ । पीपलको बोट मुनि महिलाहरुले व्रत गरेर शनि र सोमबार पूजा गर्ने गर्दछन् ।कुनैपनि सानो ठूलो यज्ञमा पीपलको अनिवार्य आवश्यकता पर्दछ । जन्म देखि मृत्यु पर्यन्त पीपल वैदिक सनातनि हिन्दुहरुलाई नभै नहुने बोट रहेको छ ।पीपल ब्रम्हा,विष्णु, शिवको आवास मानिन्छ । त्यसैकाण यसको असीम महिमाको बैदिक पौराणिक साहित्यमा मुक्त कण्ठले प्रशंसा गरिएको छ । यज्ञ,होम,पूजा रश्राद्ध अन्त्येष्टि तथा पितृकार्य आशौच आदिमा तिलको आवश्यकता पर्दछ । त्यस कारण धार्मिक दृष्टिकोणले तिलको अनन्त महिमा छ । जुन सुकै धार्मिक कार्यको थालनी सङ्कल्प गरेर मात्रै गरिन्छ ।जसमा सङ्कल्प गर्न जल हातमा लिदा जौ र कुश त भयो तिल भएनभने सङ्कल्प गने कार्य अधुरो हुन जाने हुदा यो अति महत्वपूर्ण रहेको छ । हिन्दु संकार पद्धति विशुद्ध धार्मिक महत्वको भएकोले यहाँधार्मिक महत्व दिइयो । रसिक पाठक वर्गहरुले श्रीविष्णु प्रसादद्धारा लिखित धार्मिक बोट विरुवाको महत्व भएको किन नामक पुस्तकको अध्ययन गर्नु बैज्ञानिक दृष्टिकाणले उपयोतिा हुनेछ । पीपल र तिलको बैज्ञानिक महत्व छ ।
ऋग्वेद आचार्य टंकनाथ गौतम






