भक्तपुर- भक्तपुर जिल्ला मनहरा हनुमान मन्दिरस्थित गौतम समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११औं साधारण सभा नरेफाँट मनहरा हनुमान मन्दिर प्राङ्गण गौतम समाज साकोस गौतमद्वारा प्रवर्द्धित भएको हो । गौतम समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष देवी प्रसाद गौतमको अध्यक्षतामा प्रमुख अतिथि नेपाल सरकार सहसचिव सूर्य प्रसाद गौतमको प्रमुख आतिथ्यमा भएको छ । गौतम समाज केन्द्रीय सचिव गोमा गौतमको सञ्चालनमा कार्यक्रम सञ्चालन गरिएको थियो । निर्वाचन मण्डलले सर्वसम्मत निर्वाचन गराएको थियो । गौतम समाज बचत तथा ऋण सहकारी संस्थाको कार्यसमिति गठन गरी पूर्णता पाएको छ । समितिहरु अध्यक्षः–लेखनाथ गौतम, उपाध्यक्ष विश्वमणि गौतम, सचिव विष्णु प्रसाद गौतम, कोषाध्यक्ष दामोदर प्रसाद गौतम, सदस्यहरु ज्ञानबहादुर गौतम, वेद प्रसाद गौतम, गंगा प्रसाद गौतम, लेखा समिति संयोजक प्रकाशमणि गौतम, अर्जुन गौतम र प्रभा वास्तोला गौतम रहेका छन् । यस सहकारी वर्षौंदेखि हिसाब–किताबमा वादविवादबाट मुक्त भएको छ । २०८२/०३/३२ सम्मको विवरण अनुसार शेयर पुँजी १,५०,८३,२५०/-, ऋण लगानी १,४३,९२,९८६/-, बचत निक्षेप रकम ४,००,३१,२२७/- रहेको छ । कोषाध्यक्ष दामोदर प्रसाद गौतम, लेखा समिति भीमसेन गौतम, सहकारीका कार्यबाहक अध्यक्ष देवी प्रसाद गौतमले लेखापरीक्षणले दिएको आफ्नो–आफ्नो प्रतिवेदन प्रस्तुत गरी सुशासन, पारदर्शिता, जवाफदेहिता वकालत गर्दै ३५ देखि ४० वटा केन्द्रीय समितिलाई पाखा लगाउँदै देशभर गौतम समाज हुने गरी जवाफ दिएका छन् । यसैगरी ११औं साधारण सभा सभाध्यक्षले सम्पन्न गर्नुभएको छ ।












