मन्थली–रामेछाप जिल्ला सदरमुकाम मन्थली नगरपालिका वडा नं. १ तिनलापार्कमा नेपाल मगर संघ जिल्ला समन्वय समिति रामेछापको ९ औँ अधिवेशन सम्पन्न भएकाे छ । सभाध्यक्ष लाल बहादुर थापा मगरको अध्यक्षतामा प्रमुख अतिथि नेपाल मगर संघ केन्द्रीय उपाध्यक्ष रक्षा रैका मगरको प्रमुख आतिथ्यमा विशेष अतिथि वाग्मती प्रदेश अध्यक्ष खेम जर्गा मगर, विशेष अतिथि मन्थली नगरपालिकाको मेयर लव श्रेष्ठ, अतिथिहरु वाग्मती प्रदेश सदस्य रामकृष्ण रखा मगर, नेपाल मगर संघ रामेछाप काठमाण्डौं सम्पर्क समितिका अध्यक्ष विष्णु राना मगर, नेपाल मगर संघका पूर्व अध्यक्ष खडग बहादुर आले मगर रहेका छन् । नेपाल मगर संघ नेपालको मगर समुदायको प्रतिनिधित्व गर्ने एक प्रमुख सामाजिक तथा सांस्कृतिक संस्था हो । ९ औँ अधिवेशन अनन्त पुलामी मगरको अध्यक्षतामा निम्न कार्यकसमिति निर्वाचित भएका छन् । जसमा वरिष्ठ उपाध्यक्ष–भिमला बहादुर मगर, महिला उपाध्यक्ष–अन्जना राना मगर, उपाध्यक्ष–सन्तोष मगर, सचिव–रामहरि जर्गा मगर, सहसचिव–डम्बर बहादुर मगर, सहसचिव–मोहन कुमारी मगर, कोषाध्यक्ष–राम मगर, सहकोषाध्यक्ष–वर्ज बहादुर मगर, सदस्यहरु–इन्द्र बहादुर राना मगर, श्याम काजी मगर, धर्म बहादुर मगर, सुन्दर कुमार पुलामी मगर । यसले मगर जातिको पहिचान, अधिकार, भाषा, संस्कार–संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको छ । प्रमुख अतिथिले “मगर समुदायको सांस्कृतिक पहिचान जोगाउनु, मगर भाषा, लिपि र इतिहासको संरक्षण र विकास, समुदायको उत्थानमा सहयोग, मगरहरुको अधिकार र प्रतिनिधित्वका लागि आवाज उठाउनु, माघ संक्रान्ति मगर समुदायको सबैभन्दा ठूलो चाड हो, यसलाई ‘माघे पर्न’ पनि भनिन्छ” । यस अवसरमा नेपाल मगर संघले विभिन्न कार्यक्रम आयोजना गर्दछ । केन्द्रीय उपाध्यक्ष रक्षा रैका मगरले बताइन् । त्यसै गरी विशेष अतिथिले भनाइ राख्दै सांस्कृतिक झाँकी र नाचगान, परम्परागत भेषभूषा प्रदर्शन, मगर परिकारहरुको प्रवर्द्धन, समुदाय एकता कार्यक्रम यस्तो कार्यक्रम गर्दा मन्थली नगरपालिकाले सदैव सहयोग गर्ने मेयर लव श्रेष्ठले बताउनु भयो । नेपाल मगर संघले देशभर तथा विदेशमा पनि शाखाहरु मार्फत सांस्कृतिक महोत्सव आयोजना, सचेतना कार्यक्रम (शिक्षा, अधिकार), समुदाय विकास कार्यक्रम सञ्चालन गर्दछ । महत्व यो संस्था मगर समुदायलाई एकताबद्ध गर्दै उनीहरुको आवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन महत्वपूर्ण माध्यम बनेको छ । नागरिक समाज, राजनीतिकर्मी, पत्रकार तथा सञ्चारकर्मी लगायतको उपस्थिति रहेको छ । कार्यक्रमको अन्तमा सभाध्यक्षले आफ्नो भनाइ सहित सभा कार्यक्रम सम्पन्न गर्नुभयो ।












