रामेछाप– जगदीश घिमिरे प्रतिष्ठानले यस वर्षको जगदीश स्मृति पुरस्कार साहित्यकार माधव काफ्लेलाई प्रदान गरेको छ । रामेछापको मन्थलीमा जगदीश घिमिरे प्रतिष्ठानको आयोजनामा शनिवार सम्पन्न जगदीश घिमिरे स्मृति १० औँ साहित्यक सभामा साहित्यकार काफ्लेलाई कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ तुलसी दिवसले ५१ हजार नगद राशीको पुरस्कार हस्तान्तरण गरेका छन् । जगदीश घिमिरे प्रतिष्ठान जगदीश स्मृति मन्थलीमा हरेक वर्ष साहित्य सभा गरी साहित्य र पत्रकारीताको क्षत्रमा राष्ट्रिय रुपमा योगदान पु¥याएका व्यक्ति छनोट गरी उक्त पुरस्कार प्रदान गर्दै आएको छ । यस अघि मनु ब्राजाकी,रोचक घिमिरे, डा. सन्दुक रुइतर धुव्र सापकोटा उक्त पुरस्कारबाट पुरस्कृत भएका थिए । वरिष्ठ समाजसेवी तथा साहित्यकार जगदीश घिमिरेको स्मृति आयोजित १०औँ साहित्य सभामा प्रमुख अतिथि तुलसी दिवस,नगेन्द्रराज शर्मा,माधव काफ्ले,उषा शेरचन, हरिकृष्ण काफ्ले,मनोज न्यौपाने, आश्विनी कोइराला,डा. सुमन कर्माचार्य, नवीन के.सी, रमेश ढुङगेल,अत्रि त्रिवेद गुरु टंकनाथ गौतम, तामाकोशी बोडीङ्ग स्कुल वाल साहित्यकार भाइ वहिनीहरुले कविता वाचन गरेका थिए ।
अप्रिल अधिकारी, रमेश सुवेदी रचना लगायत कवि कवयत्रीहरुले आआफ्ना रचना तथा साहित्यमा जगदीश घिमिरेले पु¥याएको योगदानको चर्चा गरेका थिए । सो कार्यात्रम जगदीश घिमिर प्रतिष्ठानकी अध्यक्ष तथा वरिष्ठ समाजसेवी दुर्गा घिमिरेको अध्यक्षतामा भएको थियो । जगदीशका साहित्यक रचनाहरु साहित्यक लेख कविता, गजल,मुक्तआदि रामेछाप पोष्ट विश्वभर सन्देस पु¥याएको थियो । रामेछापको मन्थलीमा २००२सालमा जन्मिएका स्वर्गीय घिमिरेका साविति,लिलाम,अन्तरमनको यात्रा, सकस राम्रा कृतिहरुले ख्याती कमाएका छन् । नेपाली साहित्यमा नौलो शैलीको कृति अन्तरमनको यात्राले मदन पुरस्कार जितेको थियो । जगदीश घिमिरेको अगुवाइमा स्थापना भएको तामाकोसी सेवा समितिले दुर्गम र पिछडिएका गाउँवस्तीमा सेवाहरु खानेपानी,सिन्चाई,कृषि, वन,शिक्षा,सहकारी,आयअर्जन,शौचलालय र स्वास्थ्यको क्षेत्रमा उल्लख्य कार्य गरेको छ । साहित्य र समाजसेवामा लाग्दा लाग्दै मल्टिपल माइलोमा जस्तो घातक क्यान्सरबाट विमारीमा थलिएका घिमिरेको २०७०साल कार्तिक १४गते उपचारकै क्रममा ओम अस्पताल काठमाडौँमा निधान भएको थियो ।