नेपालको राष्ट्रिय संस्कृति र गाईको महत्व

रामेछाप–रामेछाप जिल्लास्थित गाईले हिन्दू धर्ममा महìवपूर्ण स्थान ओगटेको छ । किनभने गाई यस्ती घरेलु जनवार हुन् जसमा सम्पूर्ण देवता अवस्थित भएको मानिन्छ । गाईको दर्शन मात्रले सबै देवताको दर्शन मिल्दछ । फलतःउनी सँधै पवित्र मानिन्छिन् । यतिसम्म कि उनको मल र मुत्र प्रयोग तथा सेवन गर्नाले पनि अनेकौ किटाणु तथा रोगसमेतको नासमा सहायक हुन जान्छ । गाईले जुन अमृतरुपी दूध दिन्छिन । त्यो प्राकृतिक वस्तुहरुमा अलौकिक उपजको रुपमा मान्न सकिन्छ । घाँटीमा माल हुने खुर फाटिएका साहाकारी घरमा पालिने प्रसिद्ध पशु हुन् गाई । गाईलाई नेपालको राष्ट्रिय पनि हो । गाईको दूध हामीहरुका निमित्त अमृतजस्तै हितकारक छ । त्यसमा पनि साना साना बालबालिका र बृद्ध स्त्री पुरुषका निमित्त त जीवनाधारै भनी डाक्टर, वैद्य आदिले प्रसंसा गरेका छन् । गहँुत गोवारको मल बनाइ खेतबारीमा प्रयोग गर्दा बाली ज्यदै सप्रने र स्वादिष्ट अन्नहरु फल्दछन् । यिनका बच्चा गोरुहरुले हामीलाई खेती गर्न र तराईतिर मालताल ओसार्न, गाडा तान्न ज्यादै मद्दत गरेका छन् । यिनीले देहान्त भएपछि पनि छालाबाट हामी जुत्ता आदि बनाएर उपयोग गर्दछौँ । यिनले हामी प्राणीलाई हरतरहले जीवन पर्यन्त मृत्युपछि पनि पालन पोषण गर्ने हुनाले हामीहरु गोमाता भनि आदर सम्मानसाथ प्रतिदिन पूजा गर्दछौँ । “माता रुद्राणाम् दुुहितावसूनाम् स्वसादित्या नाममृतस्यनाभिः।प्र नु वोचम् चिकितुषे जनायमागाम नागामदितिम् वधिष्ठः ।। गाई रुद्रहरुकी आमा वसुहरुकी छोरी अदितिका पुत्रहरुकी बहिनी र घृतरुप अमृतको भण्डार हुन् । प्रत्येक विचारसिल मानिसलाई सम्झाउँदै भन्छु निरापराध र अवध्य गाईलाई नमार । पा.०१।३।२७ तथा अथर्बवेद चौथो काण्डको २१ सौँ सूक्तीको प्रथम पद्य । अध्येताहरु भन्छन्, गाई नै एउटा यस्तो प्राणी हो जसले अक्सिजन लिएर अक्सिजन नै फ्याँक्छ । गाईको मुत्रमा कपुर, क्याल्सियम, क्यारोटिन लगायत जीवनोपयोगी झण्डै २४ देखि २७ तत्वहरु पाइन्छन् । गाईको दूधले रेडियो विकिरणबाट रक्षा गर्छ । स्मरण शक्ति बढाउँछ । गाईको घ्यू जलाउँदा अक्सिजन उत्पादन हुन्छ । गाईको एक तोला घ्यूले १६ टन अक्सिजन उत्पादन गर्छ । गाईका गोबरमा हैजाका किटानु नष्ट गर्ने क्षमता हुन्छ । गाईका सामाजिक सांस्कृतिक उपयोगिताका पक्ष धेरै छन् । अध्येताहरु के पनि भन्छन् भने थोरै दूध दिन नेपालका रैथाने गाईहरुका दूध, मुत्र, गोबर र घ्यूमा उल्लिखित औषधीय गुणहरु सर्वाधिक मात्रामा पाइन्छ । अध्येताहरुको के पनि ठहर रहेको पाइन्छ भने गाईका यी महìवपूर्ण गुणहरु सम्बन्धमा जानकारी पाएपछि नै ऋषिमुनीहरुले गाईलाई देवतांशका रुपमा बोध गरे र गोमेध तथा गोमांसभक्षण वर्जित गरेका थिए । पछि आएर ‘कलौ पन्चविवर्जयेत्’ भनिएको ‘पन्चवर्जना प्रावधान’मा पनि गवालम्भको उल्लेख छ । यहाँनिर गवाल्भको तात्पर्य गोवत अर्थात् गोहत्य हो । वेदमा सुरु सुरुमा गोवध र गोहत्यका छिटफुट प्रसंग पाइएपनि बौद्धिक मानसिक विकासका पछिल्ला चरणहरुमा आइपुग्दा अलग सुक्त नै बनाएर गाईको महìव गायन गरिएको छ र गोवध निषेध गरिएको छ । सभ्यता विकास क्रममा नयाँनयाँ जानकारी उपल्लब्ध भएपछि मानिसका पुराना सोेचहरु बदलिएका छन् । शास्त्र र कानुनहरु बदलिएका छन् । ऋषिमुनीहरुका सन्दर्भमा पनि यो कुरा लागु हुन्छ । वेदका सन्दर्भमा लागु हुन्छ । वेदमा गोमेध र गोवध निषेध यसैको परिनाम हो । ऋषिहरुले प्रज्ञा अर्थात् वैज्ञानिक ज्ञानलाई साँच्चिकै आँखा भनेका छन् । ज्ञान नेत्रो लोकः प्रज्ञा प्रतिष्ठा प्रज्ञानम् ब्रम्ह । यसरी विशिष्ट ज्ञानलाई नै ऋषिहरुले ब्रम्ह अर्थात परम् सत्य पनि मानेका छन् । वेद समर्थक पुराना साहित्यमा र बौद्ध साहित्यमा ‘धर्म’का अगाडि ‘सनातन’ विशेषण दिइएको पढ्न पाइन्छ । बौद्धधर्ममा त हिंसा सवर्था निषिद्ध नै छ । ‘वैदिक सनातन संस्कृति’का केही परम्परागत मान्यताहरु छन् । तीमध्येकै एउटा मान्यता हो गाईलाई पवित्र,पूज्य अविक्रेय र अवध्य माने परम्परा । यस परम्पराको इतिहास ऋग्वेद र त्यसभन्दा अगाडिसम्म पुग्छ । ऋग्वेदमा गोमेध यज्ञ र गोमांस भक्षणका एकाध प्रसंग पनि भेटिन्छन् । यो वेदको मुलधार गोरक्षणको धार हो । गोपूजनको धार हो । यसका एक होइन अनेकौँ साक्ष्यहरु छन् । गाई के हो ? गाईप्रति मानव चेतनाको दायित्व के हो ? यथातथ्य नजान्दा नबुझ्दासम्मको सुदूर अतित्को कालखण्डमा गाईलाई पनि अन्य पशुलाई जस्तै काटिखाएको र समयक्रममा गाईको महìव राम्ररी थाहा पाएपछि गाई मार्न र गाईको मासु खान निषेध गरिएको इतिहास वेद पुराणको अध्ययनबाट जान्न बुझ्न सकिन्छ । जुन संस्कृति मानवहितमा थिएन, त्यसैले निरन्तरता पाएन चेतनामा विकासँगै संस्कृतिमा परिर्वतन भएको हो । यिनै संस्कृतिहरुको समन्वय र सहकार्य नै नेपालको राष्ट्रिय संस्कृतिक हो । नेपालका सर्वप्राचिन धर्म किरातधर्म । किरात धर्मका आदिदेव महादेव स्वयम् किरात हुन् । उनको वाहन वृषभ गोरु हो । प्राचिन कालमा क्षीरसागर मन्थनको समय अमृतको साथसाथै पाँच गाई उत्पन्न भइन्–नन्दा, सुभद्रा, सुरभि, सुशिला तथा बहुला । यिनलाई लोकमाता भनिन थालियो । यिनको शरीरमा तेत्तीसकोटी देवाताहरु आश्रित हुनुहुन्थ्यो । गाईको दर्शन मात्रले पनि सबै देवाता दर्शन मिल्दछ भन्ने शास्त्रीय भनाइ छ । तसर्थ तिहारमा गाईतिहार भनि गाईको विषेश रुपले पूजा पनि गरिन्छ । गाईलाई पनि लक्ष्मीको प्रतिरुपमा सश्रद्धा पुजिन्छ । नेपालको राष्ट्रिय संस्कृति र गाईको महìव आजको युगमा दर्शाइएको छ ।
ऋग्वेद आचार्य टंकनाथ गौतम

Scroll to Top