देवकार्य तथा पितृकार्यमा यो काम गरे सोही फल मिल्दछ

गृहलिङ्गद्धयंनाच्र्यगणेशत्रयमेव वा ।।

द्धौशंखौनार्चयेच्चैव भग्नांच प्रतिमांतथा ।।

नार्चयेत्तु तथा मत्स्य कूर्मादि दशकं तथा ।।

शालिग्रामाः समाःपूज्या समेषु द्धितयं न हि ।।

विषमा नैव पूज्यास्तु विषमेष्वेक एव हि ।

घरमा पूजा गर्दा दुई शिव लिङ्ग पूजा नगर्नु, तीन गणेश पूजा नर्गु,दुई शङ्ख पूजा नगर्नु,टुटे फुटेको प्रतिमा पूजा नगर्नू,मत्स्य कूर्म आदि दश अवतारको पनि एकै ठाँउमा पूजा नगर्नू,शालि ग्राममा पनि दुई वाहेक अरु सवै जोर पूजा गर्नु विजोरमा एक मात्र पुजा गर्नु अरु विजोर नगर्नु ।

नाक्षतैरर्चयेद् विष्णुं नतुलस्या गणेश्वरम् ।

दूर्वाभिर्नार्चयेद् दुर्गा केतकैर्न महेश्वरम् ।।

अक्षताले विष्णुंको पूजा नगर्नु, तुलसीले गणेशको पूजा नर्गु, दुवोले दुर्गादेवीको पूजा नगर्नु,केतकीको फुलले शिवजीको पूजा नगर्नु,नचढाउनू ।ब्रह्मा वैवर्त पुराणका अनुसार निम्न वस्तुहरु पृथ्वीमा राख्नु हुन । कुनै भाँडो या आसनमा राख्नु पर्दछ ।

प्रदीपं शिवलिङ्गं च शालिग्रामं मणिंतथा ।

प्रतिमां यज्ञसूत्रं च सुवर्ण शङ्खमेव च ।।

बलेको बत्ति, शिवलिङ्ग, शालग्राम, मणिमूर्ति,यज्ञोपवीत, सुवर्ण शङ्ख,गरुड घण्टी, हीरा,मूगा गोमूत्र, गोबर, गोघृत, चरणोदक, पुष्प,तुलसीदल, मन्त्र,जपमाला, पुष्पमाला, कपुर, श्रीखण्ड, रुद्रक्षकोमाला,मूल,पुस्तक यी सवै भुइँमा कहिले पनि नराख्नु ।भित्र–भित्र दोष विस्तारले बर्णन गरिएको छ । यसकारण यो पनि अवश्य जान्नु पर्दछ ।

अगस्त्यं भृङ्गराजं च दुर्वा च शतपत्रिका ।

चम्पकं तिलपुष्पं च षडेते पितृवल्लभाः ।।

अगस्ती,भृङ्गीराज,दुवो,सयपत्री,चाँप,तिलपुष्प,यीछ थरीका फूलहरु पितृहरुलाई मन पर्ने हुन् । स्नान गरेर जो मनुष्य फूल टिप्छ त्यो फूल देवताहरु ग्रहन गर्दैनन् त्यो फूल चढाएकोबाट धर्म हुदैन ।

         ऋग्वेद आचार्य टंकनाथ गौतम

Scroll to Top