मन्थली–रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं. १ मन्थलीस्थित एक पत्रकार सम्मेलन गरी १२ गतेको पत्रकार भेटघाट कार्यक्रममा रामेछाप उद्योग वाणिज्य महासंघको निर्वाचन प्रतिस्पर्धा हुने भएको छ । यस महासंघको निर्वाचनमा गठबन्धनको उम्मेदवार प्रकाश श्रेष्ठ र स्वतन्त्रको उम्मेदवार कुमार श्रेष्ठ उद्योग वाणिज्य महासंघमा लड्ने भएका छन् ।
यो संस्था स्थानीय व्यापारी, उद्योगी तथा व्यवसायीहरूको साझा संगठन हो । यसका सदस्यहरू खुद्रा व्यापारी, थोक व्यापारी, होटल व्यवसायी, उद्योगी, सेवा प्रदायक आदि प्रायः रामेछाप जिल्लाको सदरमुकाम मन्थली आसपासमा अवस्थित हुन्छन् । व्यापारीहरूको प्रतिनिधित्व गर्दै सरकार वा स्थानीय तहसँग व्यवसायीहरूको समस्या र माग राख्ने, व्यापार प्रवर्द्धनः मेला, प्रदर्शनी, तालिम तथा व्यापारिक कार्यक्रम सञ्चालन गर्ने, नीतिमा कर, बजार व्यवस्थापन, उद्योग सम्बन्धी नीतिमा सुझाव दिने ।
किन महत्वपूर्ण छ: स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने प्रमुख संस्था हो । साना तथा मध्यम व्यवसायहरूको आवाज उठाउने प्लेटफर्म हो । रोजगारी सिर्जना र लगानी प्रवर्द्धनमा सहयोग पुर्याउँछ ।
पूर्व अध्यक्ष नारायणदास श्रेष्ठ, केशव प्रसाद घिमिरे पत्रकारहरू पत्रकार भेटघाट कार्यक्रममा सोधेका प्रश्नहरूको जवाफ दिँदै प्रष्ट पारेका थिए । २० गते निर्वाचन हुने भएको हो ।












