सिन्धुलीगढी नेपालको इतिहासमा महत्वपूर्ण स्थान

सिन्धुली । सिन्धुली जिल्ला कमलामाई नगरपालिका चपौलीस्थित सिन्धुलीगढी नेपालको इतिहासमा अत्यन्तै महत्वपूर्ण स्थान भएको हो । यसको इतिहास र सिन्धुलीगढी वाग्मती प्रदेशको सिन्धुली जिल्लामा पर्दछ । यो गढी समुद्री सतहबाट १६०० मिटर उचाइमा अवस्थित छ । सिन्धुलीगढीको ऐतिहासिक महत्व विशेषगरी वि.सं. १८२४ (सन १७६७) मा भएको ऐतिहासिक युद्धका कारण प्रसिद्ध छ । त्यो बेला पृथ्वीनारायण शाहको नेतृत्वमा गोरखाली सेना र अंग्रेज इस्ट इन्डिया कम्पनीको सेनाबीच यही स्थानमा युद्ध भएको थियो । अंग्रेजहरू कान्तिपुर काठमाडौं उपत्यकामा आफ्ना राजा जयप्रकाश मल्ललाई सहयोग गर्न आउँदै थिए । गोरखाली सेनाले सिन्धुलीगढीमा उनीहरूलाई कडा रूपमा पराजित गर्‍यो । युद्धको रणनीतिमा गोरखाली सेना संख्या र हातहतियारमा कमजोर भए पनि भूगोल, जंगल, उकालो बाटो र गुरिल्ला युद्धकला प्रयोग गरेर अंग्रेज सेनालाई ठूलो क्षति पुर्‍यायो । यस युद्धमा धेरै अंग्रेज सैनिक मारिए र बाँकी भाग्न बाध्य भए । यस युद्धलाई नेपालले विदेशी शक्तिमाथि प्राप्त गरेको पहिलो ठूलो विजय मानिन्छ । यसले पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानलाई मजबुत बनायो । आज सिन्धुलीगढी राष्ट्रिय गौरव र स्वाधीनताको प्रतीकका रूपमा चिनिएको छ । यहाँबाट अन्य ठाउँहरूमा पनि लडाइँका किल्लाहरू निर्माण गरिएको थियो । रामेछापमा तिल्केगढी, चिसापानीगढी, डडुवागढी र हरिहरपुरगढी थिए ।

त्यो समयमा प्राकृतिक र धार्मिक महत्त्वका स्थलहरूमा सिद्ध बाबा मन्दिर, कमलामाई नगरपालिकाको भद्रकाली देवी, गोन्जोर विन्ध्यवासिनी देवी, सुनकोशी मुलकोट सेती सिंहदेवी, भद्रकाली प्राचीन कालमा आफैं उत्पत्ति हुनुभएकी श्री भद्रकाली भगवती माता (चण्डी) मार्कण्डेय पुराणमा लेखिएको छ । त्यो बस्तीमा २ देखि ५ घर मात्र रहेको थियो । रामेछाप जिल्ला वेणी त्रिवेणी, शाण्डिल्य ऋषिको शक्ति र विश्वामित्र गायत्री प्रादुर्भाव सुनकोशी किनारमा १०८ देखि १००८ मन्त्र कुलदेवता साक्षी राखी आज यस ठाउँमा पृथ्वीनारायण शाहका प्रमुख नेतृत्वकर्ता रहेका अन्य योद्धा कमाण्डरहरूको नाम यसप्रकार छन् — काजी वीरभद्र उपाध्याय, काजी वंशराज पाण्डे, श्रीहर्ष पन्त, सिकारी सरदार वंशु गुरुङ लगायतका सहभागी साधारण व्यक्तित्वहरूको नाम छैन ।

सिन्धुलीगढी दरबार अहिले यहाँ जडीबुटी, चराचुरुङ्गी, जनावर, बाघ, चितुवा, खरायो, मृग, बाँदर, लोखर्के, कन्दमूल, जङ्गली सुन्तला, सखरखण्ड, पिँडालु, किवी, सम्पूर्ण सागसब्जीहरू पाइन्छ । सिन्धुलीगढी युद्ध संग्रहालय, स्मारक र किल्लाका अवशेष छन् । ऐतिहासिक वीरता पर्यटन, धार्मिक पर्यटन, कृषि पर्यटन तथा पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदैछ ।

Scroll to Top