रामेछाप । रामेछाप जिल्ला सदरमुकाम मन्थलीमा राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीको प्रचार प्रसार महत्वपूर्ण भूमिका भएको हो । यस रामेछाप एक मात्र क्षेत्रमा रहेर नेपाली काँग्रेसबाट आएका व्यक्ति हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट घण्टी चिन्ह पाएका डाक्टर कृष्णहरि बढाथोकी रामेछापबाट उठ्ने भएका हुन् । नीति नियम योजनामा विकास गर्न योग्य भिजन भएका सामाजिक अभियन्ता हुन् । आगामी निर्वाचनका लागि औपचारिक चुनावी प्रचार कार्यक्रम थालेको छ ।
पार्टीले पहिलो दिन घरदैलो कार्यक्रम सञ्चालन गरेको जनाएको छ । तत्कालीन रास्वापा प्रतिनिधिसभा सदस्य र समानुपातिक उम्मेदवारलाई पनि साथैमा लिएर प्रचारमा सक्रिय हुने तयारी गरेको छ । “आचारसंहिताको पालना गर्दै दुई वटा गाडीमा कति जना जान सक्छौं, त्यति संख्यामा प्रचारमा जाँदैछौं ।” रास्वापाका एक नेताले भन्छन् ।
प्रचारमा गइरहँदा पार्टीले आचारसंहिताको पालना गर्न पूर्ण ध्यान दिने छ । पार्टीले एक कार्यक्रम आयोजना गरी नेता तथा कार्यकर्तालाई चुनावी प्रचारमा सक्रिय रहन निर्देशन गरेको थियो । यस क्रममा पार्टीभित्रका आन्तरिक विवादलाई बाहिर नआउने गरी मिलाउन बुझिएको छ । साथै सामाजिक सञ्जालमा नेताहरूको आक्रोश वा विवादजन्य सामग्री बाहिर नफैलियोस् भनेर राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापले कडाइ गरेको छ ।
पार्टीले तत्कालीन १७ दलका प्रतिनिधिहरूलाई एक विशेष टिममार्फत निगरानी राख्दै प्रचार अभियान सञ्चालन गरिरहेको छ । पार्टीको प्रचार अभियान घरदैलोमा केन्द्रित भए पनि स्थानीय स्तरमा जनसम्पर्कलाई जोड दिइएको छ । यसले मतदातासँग प्रत्यक्ष संवाद बढाउन र उम्मेदवार तथा स्थानीय नेताहरूलाई परिचित गराउने उद्देश्य रहेको छ ।












