मरिण गाउँपालिका नमूना गाउँपालिका घोषणा

सिन्धुली– सिन्धुली जिल्ला मरिण गाउँपालिकालाई नमूना गाउँपालिका घोषणा गरिएको छ । सिन्धुली जिल्लाभरका पालिकाहरु मध्ये मरिण गाउँपालिकालाई नमूना पालिका घोषणा गरिएको छ ।
मरिण गाउँपालिकाको कार्यालय सिन्धलीको कपिलाकोटमा रहेको छ । उक्त पालिकालाई बागमती प्रदेश सरकारले नमूना गाउँपालिका घोषण गरिएको हो ।
यस गाउँपालिकाको नामकरण सिन्धुली जिल्लाकै प्रसिद खोला मरिण खोलालाई आधार मानी गरिएको छ । पूर्वमा कमलामाई नगरपालिकाको सीमा क्षेत्र, पश्चिममा हरिहरपुरगढी गाउँपालिका, उत्तरमा काभे्र जिल्ला र घ्याङ्लेख गाउँपालिका, दक्षिणमा सर्लाही जिल्लाको सिमान क्षेत्र फैलिएको यस गाउँपालिकाको भौगोलिक कुल क्षेत्रफल ३२४.५५ वर्ग कि.मि.र ७ वटा वडाहरु रहेका छन् । भौगोलिक धरातलीय रुपमा समथर फाँट, चुरेक्षेत्र, खोला, खोल्सी, अग्लो होचो, डाँडाकाँडादेखि महाभारत रेञ्चसम्मको भुभाग रहेको छ । गाउँपालिकाको मध्यभागमा मरिण नदी, उत्तरमा महाभारत शित्तल रेञ्च र दक्षिणमा चुरेश्रृङ्खलाहरु रहेका छन् । मानवीय समाज तामाङ बाहुल्यता रहेको यस गाउँपालिकामा मगर, माझी, विश्वकर्मा, दमाइ, ब्राम्हाण, क्षेत्री, नेवार लगायतका जातिहरुको बसोबास रहेको छ । यस गाउँपालिकाको जनसङ्ख्य २८.८०८ छ । धार्मिक पर्यटकीय कपिलाव्रम्हाणकोट पञ्चकन्य पोखरी, गुर्जन ठाकुर दरबार, धुरीढुङ्गा, टुँडिखेल ऐतिहासिक महत्त्व छ । यो कृृषि क्षेत्र परापूर्वक कालदेखि नै अन्न र पशुजन्य उत्पादनको रुपमा परिचित छ । यस क्षेत्रमा हाल पशुपालन तरकारी तथा फलफूलको व्यवसायिक खेती गर्ने प्रचलन बढ्दै गएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाद्धारा पकेटक्षेत्र र ब्लकका कार्यक्रम सञ्चालनमा ल्याएको छ । कृषि जोज कार्यक्रम हुँदैछ । शिक्षा क्षेत्रमा यस मरिण गाउँपालिकामा कृषि वन विज्ञान विश्वविद्यालयको आङ्गिक कलेज मरिण प्राकृतिक श्रोत व्यावस्थापन कलेज बागमती प्रदेश स्तरीय सञ्चालन भइ पठनपाठन भइरहेको छ । स्वस्थ्य क्षेत्रमा प्रत्यक वडास्थरीय प्राथमिक स्वास्थ्य चौकीद्धारा उपचार गरिएको छ मरिण धमिलेमा प्राइभेट हस्पिटलले सम्पूर्ण उपचार गरी फाइदा मरिण गाउँपालिकाले गर्द छ । मरिण गाउँपालिकको शिक्षित, स्वस्थ र व्यवसायिक शहरः उत्थानशील र समृद्ध मरिण गाउँ भन्ने दीर्घकालिन सोच पूरा गर्नेतर्फको पाइला नै आजको हाम्रो कार्यभार हो । यस क्षेत्रको कृषि पर्यटन र धार्मिक पर्यटनको विकासमा टेवा पुग्नेछ ।

Scroll to Top