रामेछाप– रामेछाप जिल्लाको ८ वटा पालिका रामेछाप नगरपालिका, मन्थली नगरपालिका, उमाकुण्ड गाउँपालिका, गोकुलगङ्गा गाउँपालिका, लिखु तामाकोसी गाउँपालिका, खाँडादेवी गाउँपालिका, सुनापति गाउँपालिका र दोरम्बा शेलुङ गाउँपालिकासहित जिल्लाभर राम नवमीका दिन रामले धर्तिआमालाई रक्षा गरेको हुनाले चैत्र २३ महाअष्ठमी महानवमी चैतेदसैँ सेरोफरोमा बाटोघाटो कुलोकुलेसो मठमन्दिर सरसफाई गरी यो महिनाभर रुद्री, सत्यनारायण पूजा, ऋग्वेद, शुक्ल यर्जुवेद, सामवेद र अर्थवेद अग्नि होम, नवाह, अष्टचिरण्जीवी, नवग्रह, वास्तुशास्त्र, श्रीमदभागवत महापुरण सप्ताहा श्रीमदभागवद गीता, श्रीशप्तशतीचण्डी, सम्पूर्ण कार्यक्रम गरी मनाउने काम हुन्छ । दुर्गा भगवती प्राकृतिक आदि शक्ति हुन्,। वहांले नै चराचर जगत सृष्टि गर्नु हुन्छ । शिवकी पार्वती शक्ति, विष्णुको वैष्णवी शक्ति, ब्रम्हाको सावित्री, इन्द्रको इन्द्राणी, कुमारको कौमारी, विनायकको वैनायकी, यसै शक्तिले चराचर जगत ढाकेको छ । विनाशक्ति कसैको कुनै कार्य चल्नै सक्दैन । शक्ति नभइ कसैले कुनै काम गर्न सक्दैन । चैत्रशुक्लमा नव दुर्गाको ब्रतपूजा गरी उत्सव मनाउने शास्त्र सिद्ध कुरा हो । पहिले पहिले यही अष्टमीलाई महाअष्टमी मान्ने प्रचलन थियो । राम चन्द्रले रावणलाई विजय गरेपछि शरद ऋतुमा भवानी नवदुर्गाको पूजा ब्रत पाठ आदि गर्ने चलन चलेको हो । यस दिनमा श्रीरामचन्द्रको जन्म भएकोले ब्रतपूजा रामयण पाठ जर्ने शास्त्रनिर्णीत परम्परा चलिआएको छ ।






