रामेछाप–रामेछाप जिल्ला पाँचपोखरी जट्टापोखरीस्थित नेपालकोे रामेछाप जिल्लामा ४४.४७ मिटरको उचाइमा रहेको पवित्र पोखरी भएको हो । पाँचपोखरी, जट्टापोखरी, बौलाहा पोखरी, कालेपोखरी, भालेपोखरी, चित्रपोखरी, लाप्च पोखरी, दिमिपोखरी, नगदह पोखरी, दोरम्बा पोखरी, कुखुरे आहाल पोखरी देउपोखरी यो काभे्र जिल्ला चौरी देउरालीमा पर्छ यो युगमा गौरी संरक्षण क्षेत्रभित्र पर्ने चौथाई माइल फराकिलो नीलो पानीको यो सरोवरको सतह क्षेत्रफल १५.९ हेक्टर रहेको पाँचपोखरी तथा जट्टापोखरी मान्निछ । यहाँको प्राकृतिक वनावट र पोखरीहरुको रामेछापलाई आर्कषक गन्तव्यस्थल वनाइदिएको छ । हिमालय पर्वतै पर्वत पहाडको बिचको उपत्यकामा अवस्थित पाँचपोखरी जट्टापोखरी धार्मिक तथा पर्यटकीय दृष्टिकोणबाट अति महìवपूण मान्निछ । यस पोखरीमा प्रत्येक वर्ष श्रावण महिनाको जनैपूर्णिमाका दिन विशेष मेला लाग्ने गर्दछ । यो मेलामा भने स्वदेश तथा विदेश पर्यटकहरु शिव भक्तहरुको हजारौँको सङ्ख्यमा आउने गर्दछन् । किंवदन्तीका आधरमा स्थानीयहरुको भनाइअनुसार यस मनोरम सरोवरको सम्बन्धमा यहा पाँच पञ्च शिव पार्दुभावद्धारा कैलास पर्वत हुँदै हिमालय पर्वतको टाकुरा उपत्यकाबाट जल झर्दा जट्टेश्वर महादेको लटामा स्नान हुँदा महालक्ष्मीको उत्पती हँुदा फेस भइ आकाश गङ्गामा हेर्दा सुन्दरताले पर्यटकको मन लोभ्यउने गरेको छ । कसरी पग्ने काठमाडौँबाट बस, सुमो र बोलेरो यात्रा गर्दै भक्तपुर, काभे्र, सिन्धुली, रामेछाप, मन्थलीबाट खिम्ती, फर्पु, नामाडी, बेताली, रस्नालु, ठोसे र चुचुरे शिवालयको पार गरेर पाँचपोखरी पुग्न सक्न्छि ।

शिवालयबाट फटाफट हिड्ने हो भने करिव एक दिन एक विहानको निरन्तर यात्रा पछि पाँचपोखरी पुग्न सकिन्छ । हवङखोला तथा शिवालय बाम्ती देउरालीबाट उकालो लागेपछि हेर्न पाइने हरियो वन पहाडी झरना र छङछङ बगेको गोकुलखोला तथा लिखुरी नदीको आवाज र वनस्पती सुग्नधले यात्रालाई आन्नददायक बनाउँछ । तर ती झारफूल वनस्पतीले विसालु गन्ध छरिरहेको हुन्छन् । अक्सिजनमा मिसिएको सो गन्धले मानिसले तान्दा लखतारान भइ इन्तु न चिन्तु बन्न पुग्दछ र बेहोस भई ढल्न सक्छ । अतः ती वनस्पतीलाई छुन चलाउन, सुँध्न हँुदैन बाम्ती भण्डार देउराली, शेरदिङ, धुपीखर्क, अउतारी लामाद्धारा खजुरो मारेको पोखरी भालेपोखरी चौतारी, घोडेटाप, लामाटार, झ्यालेढुङ्गा जस्ता थकाई मार्ने स्थलका रुपमा प्रयोग गरिँदै आयएको छ । चौरीको दूधमा छुर्पी, खुवा, चिया, मोही दही, पनीर खाँदै आरमका साथ पारी देखिने गौरीशंखर हिमालको हिमश्रंखला र नुम्वुर हिमाल हिमश्रंखलाले सबैथकान मेटाइ दिनछ । एक घण्टा १५ मिनेटको बाटो ते¥सो बाटोको यात्रा हुन्छ । पाँचपोखरी पुगेपछि भने जोकोहीले सबै गाह्रो बिर्सन्छन् । जट्टापोखरीमा स्नान गरेपछि मेटिने थकान र आनन्दले मानिसलाई जिउदै स्वर्ग पुगको अनुभूति दिलाउँछ । उच्च हिमाली क्षेत्र तथा अन्य अन्तर्राष्ट्रिय महìव भएका क्षेत्रहरुलाई रामसार क्षेत्रमा समावेस गर्ने नीति अनुरुप नेपाल सरकारले पाँचपोखरी क्षेत्रलाई २०६४ असोज ६ मा रामसार क्षेत्रमा सूचिकृत गरेको छ । हाम्रो पाँचपोखरीलाई नेपाल सरकार स्थानीय सरकार, बगमती प्रदेश सरकार र सङ्घीय सरकारले ध्यन नदिँदा यो क्षेत्र ओझेलमा परेको स्थानीय नागरिक समाजको ठहरछ । जैविक विविधातामा सम्पन्न पाँचपोखरी र जट्टापोखरी क्षेत्र रैथाने, दुर्लभ र सङ्कटापन वनस्पती एवम् चराचुरुङ्गी र वन्यजन्तुको आश्रयको रुपमा पनि परिचित छ । यो संरक्षण क्षेत्र वन्यजन्तुका दृष्टिकोणले महìवपूर्ण छ । यहाँ नेपाल सरकारले संरक्षित वन्यजन्तुको सूचीमा राखेका लोपुन्मुख अवस्थामा पुगेका हिउँ चितुवा, कस्तुरी, मृग, हाबे्र, ब्वाँसो ध्वाँसे चितुवा, हिमाली भालु, सालक, चरीबाघ, डाँफे, मुनाल आदि पाइन्छन् । यसका साथै यो संरक्षण क्षेत्र ७१ प्रजातिका स्तनधारी जनवार, २५२ प्रजातिका पंक्षी, २४ प्रजातिका माछा, १२ प्रजातिका उभयचर र २७ प्रजातिका सरिसृपहरुको बासस्थानको रुपमा रहेका छ । यहाँ पर्यटकीय विकास गर्नका लागि वरिपरीका क्षेत्रको संरक्षण वा व्यवस्थापन हुन सकेमात्र वर्षेनी यहाँ आउने पर्यटकको सङ्ख्या विस्तार गर्न सकिन्छ । लाखौँ पर्यटकहरुको ध्यानाकर्षण गराउन सकेमा पर्यटन उद्योग ठूलो टेवा पु¥याउन सकिन्छ ।
उमातिर्थ मिडिया प्रा.लि.ऋग्वेद आचार्य टंकनाथ गौतम






