रामेछाप– रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ६ ओख्रेनी च्यस्कुमा गुम्बा भवनको खाँचो भएको छ । तामाङ जातिको ॐ कारको मुल धर्म बौद्धधर्म दर्शन हो । बौदधर्म, झाँक्रीवाद र पितृपूजा यो समुदायका महत्त्वपूर्ण विशेषता हुन् । उनीहरुको मातृ भाषामा ‘थाप्साङ’ गरी शिशु न्वारान जन्मेको ३ देखि ११ दिनसम्म यो कर्मलाई उनीहरुका पुरोहीत लामाले विभिन्न पूजाआजा गरेर सम्पन्न गर्दछन् । पास्नीपछि करिब ७ बर्ष उमेरभित्र गरिने छेवर संस्कारलाई उनीहरुले ‘टेप्चे’ भन्दछन् । मागी विवाह, चोरी वा पेमविवाह, छोपुवाविवाह, जारीविवाह, विधुवा विवाह तथा अन्तरजातीय विवाह प्रचलनमा छ । यो समुदायमा मृत्यु संस्कारको विशेष आयोजना गरिन्छ । लामाले ‘फ्वाँ’ नामक संस्कार गरी लासलाई आसनमा पलेटी कसाएर राख्न लगाउँछन् र बाजागाजासहित डाँडापारी एकान्तमा लगेर संस्कार गरिन्छ । तामाङहरुले प्राय तीन दिनसम्म जठो बार्दछन् । ४९औँ बार्षिक तिथि पनि गर्दछन । यो संस्कार गर्न वडा सरकार वा स्थानीय सरकारलाई आर्थिक माग गर्दा उपलब्ध नभएको गुम्बा समितिका सचिव दिपक पाख्रिनले बताउनुभयो । गुम्बाका प्रमुख लामा ओमबहादुर लामा छोइलिङ गुम्बा तीनमाने च्यास्कु समितिका पधाकारीहरु अध्यक्ष– मंगलकुमार पाख्रिन, उपाध्यक्ष–छविन्द्र कुमार पाख्रिन, महिला उपाध्यक्ष–फुलमाया लामा, सचिव–दिपक पाख्रिन, कोषाध्यक्ष–रमिता तामाङ सदस्यहरु हरिशंखर लामा लगायत ९ जना रहेका छन् । छोइली गुम्बा ओझलमा परेको हो ।






