रामेछाप– गीता के हो भने उपनिषदरुपी गाईबाट ग्वालारुपी कृष्णले दुहेको अर्जुन बाछाले पिएको अपार ज्ञानको भण्डार हो । साँच्चै भन्ने हो भने गीताको मर्म बुझेका वा पढेका मानिस सँधै खुसी रहन्छन् र परेको बेला चाल्नु पर्ने उपाय वा समेत गर्नमा दक्ष हुन्छन् । यसै गीतालाई हिन्दु दर्शन यस जगतमा प्राथामिकता दिएको पाइन्छ । कुश घाँस वर्गमा पर्ने धार्मिक दृष्किोणले महत्त्वर्ण तृण जाति हो । कुशको महत्त्व देवकार्य तथा पितृकार्यमा कुसको औठी, मोटक, शिखा ब्राम्ह आदि पवित्र बनाउन प्रयोग गरिन्छ । उपयोग गर्न श्रीमदभागवत गीता, विष्णु पुराण, अथर्ववेद गरुड पुराण तथा गीतामा पाठपरायण गर्न बर्णित छ । भाद्र कृष्ण अमावस्याका दिन काटेर ल्याइ घरमा राख्र्नु पर्दछ । कुश काट्दा भन्न मन्त्र–विरिञ्चिना सहोत्पन्न परमेष्ठि निसर्गतः । नुद पापानि सर्वाणि दर्भ स्वस्ति करोभव । ॐ हुँ फट स्वाहा ।। पर ब्रम्हाको सृष्टिमा ब्रम्हाजीका साथै उत्पन्न भएका हे कुशदेव सबै पापलाई नाश गर कल्याण कारक होऊ भनेको पाइन्छ ।






