रामेछाप– रामेछाप जिल्ला मन्थली नगरपालिकाको १ नम्वर वडा तामाकोसी चाइनाको सिमाक्षेत्रबाट नेपालको शिर हिमाल हँुदै दोलखको विभिन्न खोला खोल्सी नदी पोखरी रामेछापका गोकुलगङ्गा खोला खिम्ती खोलाबाट तामाकोसी भएको हो । गङ्गा सधै पवित्र छिन । किनभने हाम्रो जीवन आरम्भ सितै मृत्यु पर्यन्त जलको अभावमा कोही बाँचेको दावा गर्न सक्दैन । फेरि गङ्गा यस्तो स्थल हो जहाँ कसैको भेदभाव रहन्न सधै स्वच्छ, निर्मल हुन्छ । सधै प्राणीको हृदय यस्तै हुनु पर्ने तथ्यलाई महसुस गरी गङ्गालाई अग्रज पूज्य मानिदै आएको छ । गङ्गा र नदीहरु सधै पवित्र हुन्छन् । किनभने हाम्रो जीवन आरम्भसित मृत्यु पर्यन्तजलको अभावमा कोही पनि बाँचेको दावा गर्न सक्दैन । फरि गङ्गा नदी आदि यस्तो स्थल हो जहाँ कसैको भेदभाव रहन्न । यी सधै स्वच्छ निर्मल हन्छन् । जल नभइ हामी बाँच्न सक्दैनौँ । जलको मुख्य आधर नै हिमालगबाट निस्केका गङ्गानदी झर्ना आदि हुन् । तिनीहरु हिमालबाट निस्कदा कति निर्मल आँखालाई आनन्द दायक प्राकृतिक मनमोहकता हुन्छन् । नदीहरु जति समथरमा बग्दै जान्छन्, त्यति नै दुषित हँुदै गइरहेका छन् । जल नमिले हामी कति फोहरी हौँला । यो हामी सबैले अनुभव गरिरहेका छौँ । पानी नपाउँदा हामी प्यसले कति छटपटिन्छौँ यो कल्पना हामीले गरिरहेका छौँ । पानी नभए खेतीपाती कसरी होला ? त्यसैले हाम्रो जीवनभर भएकी गङ्गारुपी नदी आदिलाई हामीले देवीको स्वरुप मानी सुद्ध निर्मल पार्नु पर्दछ । यही सुद्ध नदीबाट धर्मात्माहरु गङ्गा स्नान गर्न टाढा टाढाबाट धाउँदै जाने गर्दछन् । हामीले दैनिक उपभोगको गर्दै आएको जल सम्पदालाई आजकल हामीले नै अति दुरुपयोग गरिरहेछौँ । ढलहरु मिसाएर वा अरु नै कारणले नदी नाला दुर्गन्धमय पार्दै आएका छौँ । यसले हाम्रो मन मष्तिष्क र अन्य कुराहरुलाई कस्तो बनाउँला । समयमै यसबारे सोचेनौँ भने भविष्यमा हाम्रो उठिबास हुन बेर छैन । हामी मरुभूमिमा परिणत हुनेछौँ । यो सोचौँ र नदीनाला जलाशायको राम्रो सदुपयोग गरी सुद्ध र पवित्र पार्नेतर्फ सोचौँ । यो हाम्रो लागि अपरिहार्य आवश्यकता भइसकेको छ ।






