मार्ग शुक्ल धान्य पूर्णिमा अत्रि गुरु कुलदेवता पूजापाठ गर्दै

टंकनाथ गौतम, रामेछाप

मार्गशीर्षे सितेपक्षे पिण्डकेली निधौगृही् ।
पौर्णमास्यां प्रदोषे तु धान्यक्षेत्रं समर्चयेत् ।।
अत्रिकुवेरं च कुलदेवता सुभद्धां च गणेश पूजयेत् तथा ।
अत्रि गुरु कुलदेवता प्रढौकयेदादौ विधिवत् पूजनंचरत् ।।

मार्ग शुल्क पूर्णिमा धान्य पूर्णिमा हो । यस दिन धान्य पर्वत दान गर्ने विधि पुराणमा लेखिएको छ । गुरुअत्रि ऋषि सन्तान गुरु दत्तात्रेयको जन्म दिन पनि हो । यस पूर्णिमाको दिन रात्रि पारेर बनेपा स्थित धनेश्वर महादेवको स्थानमा धूमधामको यात्रा हुन्छ । यस दिन कसै कसैको देवाली गर्ने चलन पनि छ ।कसैको घरमा गैडु पूजा, गोठ पूजा पनि गर्दछन् । प्राचीन समय देखि नै अत्रि गोत्रिय पूर्वजहरू वैदिक अग्निहोत्र रहेका थिए । १३ औ शताव्दीको तत्कालीन समयमा मुसलमान र यशुको क्रुर अत्याचार तथा हिन्दु, हिन्दु चेलीवटी, मन्दिर तथा शास्त्र माथिको बर्बर आक्रमण र वैदिक ग्रन्थ आदि माथि भएको क्रर आघात वाट जोगिन पना ऋषि र शिष्यहरू चेलीहरू वेद वेदान्त आदि सद ग्रन्थहरु सहित पूर्वज काशी नाथ दाश ऋषि भारत वर्षको काण्यकुव्जवाट भारत वर्षकै पुतोवर नेपाल देश भूखण्ड गोरखा राज्य कर्णाली  जुम्ला सिजा आई बस्नु भएको रहेछ । त्यस वेला नेपाल भारत भुटान आदि देशको सिमाना किटान नभएको अवस्थामा हो । समग्र भूभागलाई भारत वर्षभरि भनिन्थ्यो । जसमा अफगानिस्तान, वर्मा,भारत, बङ्गलादेश, पाकिस्तान,नेपाल र भुटान आदि पर्दछन् । हाम्रा पूर्वजहरू वेदान्त अध्यायमा तल्लीन तथा ऋषि वेद गुरु काशीनाथ (वेददाश)वेद गुरु भएर जुम्लामा बसोबास गर्ने स्थानमा दुई भाई छोरा भएको जेठो छोरा पश्चिममा मगर भाषा ठाउँमा बोलिने भाषा पनि प्रख्यात ठाउँ हो । गोताम कोटमा मगर राज्यले पण्डित पुरोहितले पूजा पाठमा बिर्ता पाई १२ भाइ सन्तान जन्म भई वेद र कर्मकाण्डले नपुगेपछि तेतिखेर लिच्छवी राज्य, मल्ल राज्य र शाहवंश राज्य कालमा काठमाडौँ हनुमान ढोकामा अठार दिन रातमा हिँडी आई बिन्ती वक्सीत गरी सेना, प्रहरी, सरकारको कर्मचारीमा जागिरको निवेदन गर्दा तपाई कुन मुलुकका भनी सोधपुछ गर्दा पुरोहितहरूले हामी पश्चिम नेपाल रुकुम गोतमोटका हामी तीन भाइ ज्योतिष पण्डित नारायण दाश, प्यरीनारायण दाश र पुरुषोत्तम दाश नाम बताएपछि राज्यले अत्रि वेदगुरु काभ्रेपलान्चोक बनेपा तिनदोवाटो नजिकै आई काश,सिरु,केरा र रककलाको पातले छानो सहित ग्वाली बनाइ एक हप्ता बसोबास गरी सरकारले बगी घोडा सुरक्षा कमाले आइ त्यहाँबाट काभे्रजिल्लाको कार्तिके देउराली पुराई जगाजिमीन साध सीमा लगाइ बस्ती बस्न थाले त्यही समय कालमा दुई वर्ष छ महिना छ दिन पानी नपरे पछि देशभरीपानीको हाहाकार चलियो सरकारले नेपाल भरीका ज्योतिष, पण्डित ,पुरोहिते लामा,धामी झाँक्री माताले पानी पार्न सकेनन् सरकारले हुकुम दिएपछि सुरक्षा कमान आई तीन भाइ अत्रिगुरुका पण्डितलाई उपस्थित गराइ टुडीखेलमा नेपाल भरका पुरोहित आयपछि ज्यो०प०नारायणदास,प्यारीनारायण दास पुरुषोत्तम द।सले अष्टदल रेखी कोरी दियो,कलश र गणेशको स्थापना गरी पूजा पाठ सकेपछि पानी पारी सकेपछि राज्य र सरकारले लिच्छवीकालीन प्रान्तीय प्रशासन, मल्लकालमा पाञ्चाली पञ्च समुच्चय,शाहकालीनमा जिल्ला,वाट राज्य र सरकारले अत्रिगुरु गोतामेलाई राज्य तथा  श्रीसम्पत्ति के दिऊ भनी सोधखोज गर्दा हामीलाई चार वेद, कर्मकाण्ड अठारै पुराण जग्गा जमिन गरी खाने श्रीसम्पत्ति ताम्रको पातामा ताम्र पात्रो अत्रि गोतामे लेखि आफ्नो–आफ्नो शासनकालमा र्विता लेखी सरकारले दिएको अत्रि गोतामे काभ्रे जिल्लाको कार्तिदेउराली ढोकाडाडामा पुगी डोरीमा ढुङ्गा राखी घुयेँत्रो हानी त्यो ढुङ्गा जहाँ पुग्छ त्यही ढङगा पर्छ साधसीमाना गाडी दिनभर हिँडी वारिपारि रामेछाप, काभ्रे जिल्लाको मादन कुडारी, कार्तिके देउराली, पोखरीचौरी धुसीनीशिवालय, माझीफेदा,नाग्रेगर्गचे, लखनपुर र गुन्सीभदौरआदि बिर्ता पाई बसोबास गरे वेदगुरु नारायण दस जुम्ला हुँदै भारत(इन्डिया)जानुभयो । प्यारीनारायण दास,पुरुषोत्तम दास कार्तिके देउरालीमा बस्न थाले त्यही मौका पारी पुर्खा पुरुषोत्तम तीनै वेद बोकी पूर्व ओखलढुङ्गा दियाले कसैले नदेख्ने ठाउँमा बसोबास गरेका थिए । एक वर्षपछि नेपाल आए नारायण दास आफनो हजुर बाबा काशीनाथ दास ऋषिका साथीभाइहरू घिमिरे, पराजुली, चौलगाइ,  ढुङगेल,त्रिपाठी आदी लगायत सम्पुण बा्रम्ह्ण समाज ल्याइ नेपाल देश खण्ड भूभागमा बस्ती वसाले ज्योतिष शास्त्रवाट हेर्दा बुझिलिँदा पुरुषोत्तम ओखलढुङ्गा दियालेमा वस्नथालेको देखे अनि खोजी भेट घाट भयो आफ्नो दुई वटा वेद पनि पाए पुरुषोत्तम व्यवस्थापन पनि मिलाइ दिए भनिन्छ ।पुरुषोत्तमका पुत्र छोरा रामकृष्ण मावलीमा जन्म भई हुर्किबढी विवाह गरी ६ जना पुत्रहरू मध्य जट्टाधर पाधे, पिरुपाधे,विन्धु वेणुपाधे आदिलाई साहाद्वारा मौजा थम र राण सरकारका बडाहाकिम तथाअमालीले फेरी पनि ताम्र पातामा लिखित रामेछाप लखनपुरमा रैकर तैरिजमिन दिई सरकारलाइ रैतिकुत बुझाए बापत रैकर पाएका अत्रि गोतामेहरुका जट्टधरपाधे सन्तान पण्डितहरू नारायण प्रसाद,शँखर पसाद जट्टाधर प्रसाद,धरणी प्रसाद, भवानी प्रसाद, पुष्पा नि प्रसाद,लक्ष्मी धर प्रसाद,शिवदत प्रसाद,मणिधर प्रसाद,जगत प्रसाद गोतामे, छायाछत्र प्रसाद जगत पसाद गौतमले मेलुङ्गचरिकोट काभ्रे धुलिखेल सम्म जीमाल तथा जेठावुढाको जिम्मेवारता पाएका थिए । ग्राम प्रशासनमा वसी काम गरेका थिए । लखनपुर रैकारभदौरेमा जट्टधरपाधे सन्तानले जिमाल पाए, पिरुपाधेले मुख्या पाए र विन्धुवेण पद पाए वेदगुरु नारायण दास र प्यारीनारायण दास काभ्रे रामेछापमा रहेका छन् । रामेछाप लखनपुर रैकारभदौरेमा यज्ञकुण्ड,चारवेदस्थान,ब्रम्ह्स्थान,मन्दिर, अनि छउमा शिव, अनि विष्णको मन्दिर, बाह्र मस्टा कुलाचार मन्दिर समेत बनाइ गुठी र अत्रिगुरु कुलपुजाको प्रबन्ध समेत गरिएको छ ।उनको प्रभाबले मन्दिरलाइ नित्य पुजनको व्यवस्थापन गरे जट्टधरपाधे पुर्खाहरु पुरुषोत्तम,गोकुलमाला, उमा, भागीरथी र मनिपुरे –(बिरे) समेतलाई स्मरण गरेर पूजा गर्न त्यही परम्परा आज सम्म अत्रिकुलको पूजा जर्न थालेको इतिहासमा उल्लेख छ । त्यस गोतामे कुलमा हरेक ३÷३वर्षमा तथा ५ वर्षमा कुलपुजन स्वरुप “देवाली”गर्ने परम्परा हाल सम्म विध्यमान रहेको छ । कुल पितृलाइ स्मरण गर्नु पूजा आराधान दियो, कलश रगणेशको पूजागर्नु अति उतम कार्य हो । जट्टानरिवालको  वली, खिर, मेवा,पकवान्न, फल,भेटी,प्रसादी,धुप,दीप अर्चना गरी पूजा गर्नु पर्दछ रामेछापको रैकारभदौरेमा गौतमहरूको ऐतिहासिक अत्रिगुरु कुल मन्दिर रहेको छ । यसलाई अझै परिमार्जन गर्नालागि विज्ञ बन्धुहरूबाट सर–सुझावकोआशा राखिएको छ ।  जय अत्रिगुरु कुल बन्धु ।

Scroll to Top