सुवर्णरतिकातुल्यं ब्रीहिमेकं परिक्षिपेत् । मृगस्थीं परिभ्रम्य नविद्मते ।।
पूजयेत्पशुपंदेवं गुह्येशीं परमेश्वरिम् । वासुकिं नागराजेन्द्रंतद्दिने पूजनं चरेत् ।।
श्री स्कन्द पुराण हिमवत खण्ड मृगस्थली महात्म्य अनुसार यो शतवीजारोपण कर्म मार्ग कृष्ण चतुर्दशी दिनमा हुन्छ । यसैलाई शतवीज (सदमी)छर्ने भन्दाछन् । यसलाई वाला चतुर्दशी भन्दछन् । यो शतबीज (सद्मी)ं लाई पाएसम्म शयथरी वीउको बनाउनु पर्दछ । यस दिन श्रीपशुपति, गुह्येश्वरी,दोरम्बा शैलुङ्ग,सानोशैलुङ्ग,कण्ठेश्वर महादेव, अग्लेश्वरमहादेव, वैरेलुश्वर महादेव, छाँयाश्वरी महादेव, ब्रमाह विष्णमहादेव, भोटनागी,हलगोरुमहादेव, दोबाणश्वरमहादेव, कामध्यणुमहादेव, गुप्तेश्वर महादेव,मकरश्वर महादेव,दोरम्वाश शैलुङ्ग गाउँपालिकामा पर्दछ । सुनापतिमहादेव,कृष्णवर्णेश्वर महादेव, शतलिङ्गेश्वर महादेव, सुनापति गाउँपालिकामा पर्दछ । विश्वमीत्र वेणी त्रिवेणी महादेव, खाँडादेवी गाउँपालिकामा पर्दछ । पाँचपोखरी,जट्टापोखी महादेव, भुतेपोखरी, भालेपोखरी, चित्रपोखरी, स्थानापतिमहादेव, सिद्दिश्वरमहादेव,रामेछापमा आठैवाटा गाउँ र नगरपालिका अन्य जिल्ला शिन्धुली कुशेश्वारमहादेव,दोलख रामभोले स्थलमा वासुकीको दर्शन पूजा गर्नु, शतवीज छर्दै मृगस्थली घुमेर श्री पुशपति गह्येश्वरीको पूजा दर्शन गर्नाले जन्ममरणको भय हुदैन भन्ने फल श्रुति छ । शतवीजारोपण पर्वको उत्पति र महत्ववारे हिमवत्खण्डको अध्याय ४२मा यस अनुसार उल्लेख भएको पाइन्छ, भगवान शिवजीले मृगरुप लिएर मृगस्थलीमा यताउता घुमि क्रीडा गर्नुभयो । त्यसैकारण यस क्षेत्रलाई परम्परादेखि पुण्यक्षेत्र मानिएको हुँदा यस पावन क्षेत्रहरुमा सप्तधान्य छर्दा एउटा अन्नको गेडा बराबर एक रत्ती सुवर्ण छरेको फल प्राप्तहुन्छ भन्ने कथन छ । अतःशतबीजारोपण यस दिन गर्नाले पितृ तृप्ति हुने तथा प्राणी रक्षाको महत्वपुणलाई विशेष मानिएको छ । यस चतुर्दशीको दिन पशुपतिनाथ,स्थानापतिमहादेव,रामभोले, सानोशैलुङ्गमहादेव, ठूलो शैलुङ्गमहादेव, गुह्येश्वरी, वासुकी नागी आदिको पूजा गरि जस्ले मृगस्थलीको प्रदक्षिण गर्दछ उस्लाई अनन्य सुख शान्ति मिल्छ । शतबीज छर्न हिडने बाटो क्रमशःकैलाश,सूर्यघाट,आर्यघाट,त्रिर्यघाट,गुह्येश्वरी,पशुपतिनाथ,मृगस्थली विश्वरुप,किरातेश्वर,१०८ शिवलिङ्ग आदि क्षेत्रहरुलाई प्रमुख स्थान मानि शतबीज छरिन्छ । यसरी छर्दै परक्रिमा गर्ने प्रक्रियामा मृगस्थलीको विश्वरुप नजिकै गणेश स्थानमा पुगिन्छ ।यस गणेशलाई वहिरो मानि मूर्तिलाई हल्लउँदै कानमा चिच्यउदछन् । यस किसिमको अनौठो परिपाटीअहिलेस्सम पनि चलिआएकै पाइन्छ । साथै उतm स्थानहरुमा परिक्रमा गरि दर्शन मात्रै गर्नाले पनि ठूलो फल मिल्ने भएकोले उक्त वालाचर्दशी विष्णुवैकुण्ठचतुर्दशी तथा शिववैकुण्ठचतुर्दशी पूर्णिमाव्रतको दिनलाई अति महत्वपूर्ण मानिएको छ ।