तिहार र हरिशयनी एकादशी हरिवोधनी एकादशी मनाउँदै

रामेछाप जिल्ला स्थित हिन्दुधर्मलम्वीहरुले तिहार र हरिशयनी हरिवोधनी मनाउने भएका हुन । यो कार्तिक कृष्ण त्रयोदशी देखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने हिन्दुहरूको महत्त्वपूर्ण पर्व हो । यी ५ दिन यमराज आफ्नी बहिनी यमुना कहाँ आई बसेका र यमुनाले उनको सेवा र पूजा गरेकोले यो पर्वलाई यमपञ्चक पनि भनिन्छ । यमपञ्चकको पहिलो दिन काग तिहार, दोस्रो दिन कुकुर तिहार, तेस्रो (औँसीका दिन) लक्ष्मी पूजा, चौथो दिन गोवर्धन पूजा र पाँच दिन भाइटिका पर्दछ । लक्ष्मी पूजाका दिन दीपावली गरिन्छ भने भाइटिकामा दिदी बहिनीहरूले आफ्ना दाजुलाईको सुख, समृद्धि दीर्घायुको कामना गर्दै टीका लगाउँछन् । आषाढ शुक्ल एकादशीका दिन पर्ने हरिशयनी एकादशीका दिनमा तुलसी रोप्ने गरिन्छ । हिन्दुहरूले तुलसीलाई विष्णुको प्रतीकको रूपमा मान्छन् । हरिशयनी एकादशीका दिन तुलसी रोपण गर्ने हरिबोधनी एकादशी का दिन तुलसीको विवाह गर्नाले सहस्र कन्यादान गरे सरह पुण्य मिल्दछ भन्ने विश्वास रहेको छ ।उक्त चाडपर्व देशै भरी मनाउँछन् । हाम्रो रामेछापको आठै वाटा गाउँपालिकामा मनाउँछन् । उमाकुण्ड गाउँपालिका, गोकुलगंगा गाउँपालिका, लिखु तामाकोशी गाउँपालिका, मन्थली नगरपालिका, रामेछाप नगरपालिका, खाँडादेवी गाउँपालिका, सुनापति गाउँपालिका र दोरम्बाशैलुङ्ग गाउँपालिकामा हरिशयनी एकादशीमा भगवान् विष्णु चार महिनासम्म क्षर सागर शयन गर्छन् र हरिबोधनी एकादशीका दिन जागा हुन्छन् भन्ने विश्वास गरिन्छ भने कार्तिक शुक्ल एकादशीका दिन पर्ने हरिबोधनी एकादशीमा तुलसीको विवाह गरिन्छ ।

Scroll to Top