नेपाल अधिराज्य भर आश्विन कृष्ण पितृ पक्षमा गृहस्थाश्रमीले पार्वण श्राद्ध गर्नु पर्दछ यो पक्षलाई पितृ पक्ष मानेको छ । पर्व तिथिमा हुने पार्वण श्राद्ध हुन्छ गृहस्थाश्रमीले आश्विन कृष्ण प्रतिपदा देखि आश्विन शुक्ल प्रतिपदा सम्मको १६ तिथिमा गरिने श्राद्ध तिथिलाई सोह्र श्राद्ध भन्ने चलन छ गृहस्थीले पार्वण श्राद्ध नगरी हुँदैन यसमा प्रमाण यस प्रकारको लेखिएको छ ।
सुर्यो कन्यां गते श्राद्ध यो नकुर्याद् गृहाश्रमी ।
धनपुत्राःकुतःतस्य पितृनिःश्वासपीडनात् ।।
सूर्य नारायण कन्या राशिमा भएको बेला जुन गृहस्थीले श्राद्ध गर्दैन त्यसलाई पितृको आस भङ्ग गरेकोले धन पत्रादिबाट सुख मिल्दैन । श्राद्ध गर्ने दिन अर्थात् तिथि श्राद्ध भुलबाट कुनै कारणवश वार्षिक तिथिमा हुन सकेन भने अथवा मरेको दिन थाह नभएमा कृष्ण पक्षको एकादशीको दिनमा गर्नु पर्दछ भन्ने धर्मशास्त्रको वचन छ । श्राद्धविध्न समुत्पन्ने अविज्ञाने मृतेऽहनि ।
एकादश्यांतु कर्तव्य कृष्ण पक्षे विशेषतः।।
यसरी हिन्दु जातीले गरिने यो पार्वण श्राद्धले आफ्नै महत्त्व खडा गरेको छ ।एकातिर र्वषदिको ठुलो चाड दशैको पूर्व सन्ध्यामा सर्व प्रथम आफ्ना कुल पूर्वज, आफन्त आदिलाई पिण्ड तर्पण गरी सन्तुष्टि गराउने अर्थात् हिन्दुहरूले सबैलाई सन्तुष्ट गर्दै सबैको शान्ति कामना गर्दै यो पार्वण श्राद्ध गर्ने गरिन्छ । सोहृश्राद्ध अर्थात् पितृश्रदा कर्म भन्नले प्रत्येक छोरा आफ्ना आमाबाबुबाट लालन पालन भई हुर्कन, बढ्ने र शिक्षा पाउने भएकाले ऊ आफ्ना मातापिताप्रति ऋणी हुन्छ । शास्त्रअनुसार उसको ऋण तिर्नुपर्दछ । त्यसैले जीवित अवस्थामै आफू सक्षम भए पनि उसले मातापिता
को अन्त्यकलासम्म सेवा सुश्रुत पालनपोषण गर्नुपर्दछ ।साथ मृत्युपश्चात् पनि उनीहरूको काजक्रिया र प्रत्येक वर्ष श्राद्ध गर्नुपर्छ भन्ने छ । छोराले उनीहरूको सम्झनामा प्रत्येक वर्ष श्राद्ध गर्दा, श्राद्धपूर्वक गर्नुपर्छ भन्ने पनि शास्त्रको भनाइ छ । यदि त्यहाँ श्रद्धा छैन भने त्यो केवल औपचारिकता मात्र हुनेछ । यदि श्रद्धापूर्वक गरिन्छ भने त्यसलाई पितृहरूले ग्रहण गर्दछन्, आशीर्वाद दिन्छन् यदि सम्झना नै गर्दैनन् श्रद्धा नै गर्दैनन् भने त्यस व्यक्तीको घर आँगनमा तिथिको दिन पितृहरू आउँछन् र श्रद्धा गर्न लागेको नदेखेपछि लामो श्वास लिँदै निराश भई फर्केर जान्छन् । त्यसरी लिइएको लामो श्वासले त्यस व्यक्तिको र उसका छोराछोरीको समेत शोषण हुन्छ अतः ऊ निर्धन हुदै जान्छ र छोराछोरी पनि ख्याउटे हुँदै जानेछन् भन्ने भनाइ छ । शास्त्रमा भनिएको छ ।“आत्मा वै पुत्र नामा सि”छोरो आफ्नै आत्मा हो, प्रतिविम्ब हो आत्मा आफ्नै रूपमा जन्मेको हो । आफ्नै फोटो हो । अतः पितृलाई पनि आफ्नो सन्तानको माया लाग्दाछ ।श्राद्ध(श्राद्धा) को दिनमा पितृहरु आएर बाहणको शरीरमा प्रवेश गर्दछन् छोराले आफ्ना पितृलाई श्राद्धापुर्वक सम्झेर स्वधा भनी पिण्ड दिनु अत्यावश्यक छ ।आश्विन कृष्ण त्रयोदशी—आश्विन कृष्ण त्रयोदशी कलि युगादि हो ।यो दिनमा युगादि श्राद्ध गर्नु पर्दछ भनी स्मृतिमा लेखेको छ ।श्राद्ध काल निर्णय —पुर्वाहृे दैविक श्राद्धमपराह्णतु पार्वणमा ।
एकोद्दिष्ट मध्याह्ने प्रातर्वृद्धिनिमित्तकम् ।।
दिनको दुर्वहमा दैविकश्राद्ध, मध्याहमा तिथि श्राद्ध, अपराहमा पार्वण श्राद्ध, वृद्धि श्राद्ध बिहान गर्नु पर्दछ । मध्या भनेको दिनमानलाई पाँच भाग लगाउँदा तेस्रो भाग हा । ।निर्णय सिन्धु, धर्म सिन्धु, गरुड पुराण,याज्ञवल्क्य स्मृति, मनुस्मृति, परासर स्मृति, श्राद्ध विवेक, श्राद्ध कारिका,पारस्कार गुहायसुत्र, आदि सबै धर्मशास्त्रमा र शिव पुराण, सनत्कुमार संहिता पितृ कल्प आदिमा समेत ब्रहकपाली गरेपछि पिण्ड दिई श्राद्ध गर्न पर्दैन भन्ने कुनै शास्त्रमा कहीँ निषेध छैन । केबल क्षेत्रीय माहात्म्यको आधारमा बद्रीका पण्डाले श्राद्ध गर्न पर्दैन भनी भ्रम फैलाई रहेको तर गर्न नपर्ने भन्न कुनै प्रमाण नभएको हुँदा गृहस्थीले ब्रहकपाली गरे पनि आफ्ना तिथिमा श्राद्धहरू पिण्ड दान आदि सबै गर्नु नै पर्दछ ।लोप गर्नु हुँदैन शास्त्रमा लेखिएको छ।