श्री गणेशजीको जन्म स्कन्दपुराण अनुसार भाद्र शुक्ल चतुर्थी तिथिमा भएको हो । यस दिनलाई पर्व मान्नु पर्दछ यो ठुलो दिन हो । यस दिन विशेष रूपले सिद्धि विनायकको पूजा गरिन्छ ।यो चौथी तिथिमा गणेश मान्ने चलन सर्वत्र छ ।वहाँको जन्मबारे यो कथा प्रचलित छ—कुनै बेला महादेवजी कतै बाहिर जानु भयो । घरमा पार्वतीजी मात्र एक्लै हुनुभयो पार्वतीजीले स्नान गर्न चाहनु भयो, तर कुनै गणलाई यो ठाउँमा नदेखेर उनलाई यो चिन्ता भयो कि ढोकामा कसैलाई बसाऊँ किनकि यो डर थियो कि कतै उनले स्नान गरी रहेको बेलामा कुनै मान्छे वा शिवजी आफैँ त्यहाँ नआई पुगुन् त्यसैले उनले आफ्नो शरीरको मयलबाट एउटा पुतला बनाएर ढोकामा बसाइ दिनु भयो र आफू नुहाउन जानु भयो केही बेरपछि शिवजी बाहिर बाट फर्कनु भयो जब घरमा घुस्न लाग्नु भयो तब मयलको पुतलाले भित्र जान रोक्यो । यसमा शिवजीलाई रिस उठ्यो वहाँले त्यस पुतलाको टाउको काटी दिनु भयो र भित्र जानु भयो । शिवजीलाई आएको देखेर पार्वतीलाई आश्चर्य लाग्यो ।उहाँले सोध्नु भयो कि तपाईँ कसरी आएको ?के द्वारपाल तपाईँलाई ढोकामा रोकेन? शिवजीले सबै कुरा सुनाउनु भयो । तब पार्वतीजीले भन्नुभयो जब सम्म मयलको यो पुतला जुन मेरो छोरा समान छ जीवित हुँदैन तब सम्म मेरो चित्त शान्त हुँदैन । शिवजी लाचार भएर उनलाई जीवन दान दिने विचार गर्नु भयो, तर दुर्भाग्यले गर्दा उसको काटिएको टाउको कतै हरायो ।धेरै खोजी गर्दा पनि टाउको भेटिएन तब विवश भएर शिवजीले आफ्ना गणलाई जाओ जे भेटिन्छ त्यसको टाउको काटेर ल्याओ भन्नु भयो । उनीहरूले हात्तीलाई भेटे त्यसैको टाउको ल्याइ दिए त्यो हात्तीको टाउको त्यसमा जोडी दिनु भयो । गणेशजीको उत्पत्ति यसरी भयो । गणेशजी मङ्गल गर्ने र हरेक कामलाई सिद्ध गर्ने मानिन्छन् र भाद्रपद शुक्ल चतुर्थीमा यिनको सुवर्णको मूर्ति र दुई चार वस्तुहरुदानमा दिइन्छ । यस व्रत उपदेश स्कन्दपुराण अनुसार श्रीकृष्णले कुरु क्षत्रमा युधिष्ठिरलाई दिनु भएको थियो र यसै व्रतको प्रभावबाट कौरवहरू माथि विजय पाउने आशा देखाउनु भएको थियो । श्रीकृष्णले भन्नु भएको थियो कि यस व्रत गर्नाले गणेशजी धेरै खुसी हुनुहुन्छ । स्कन्द पुराण अनुसार यस व्रतलाई पहिला पहिला श्रीकृष्णजीले आफै लिनु भएको थियो जबकि वहाँमाथि स्यमन्तक मणि चोरको आरोप लगाइएको थियो । उग्र सेनका दुई छोरा थिए सत्र जित र प्रसेन । सत्रजितले सूर्य देवताको स्तुति । तपस्या गरेका थिए । सूर्य देवताले प्रसन्न भएर सत्रजितलाई स्यमन्तक नमा गरेको मणि दिनु भयो र भन्नु भयो यो मणि बहुमूल्य छ ।हरेक बिहान यसको तौल भन्दा आठ गुना सुन यसबाट निस्कन्छ । तर जो पवित्र छ उसले मात्र यसलाई लिन सक्छ, यदि कुनै अपवित्र मान्छेले यसलाई छुन्छ भने, त्यही बेला उसको मृत्यु हुन्छ । सत्र जीत यो मणि लिएर द्धारका आए । द्वारका निवासी यस मणिलाई देखेर आश्चर्य माने । उनीहरूले त्यसको उज्यालो देखेर ठानेकी पक्कै पनि यो सूर्य भगवान् हो । जब यस मणिलाई लिएर सत्र जित श्रीकृष्णलाई भेट्न गए ।तब श्रीकृष्ण धेरै नै प्रसन्न हुनुभयो । उहाँले भन्नुभयो यस्तै मणि मैले पाएको भए धेरै राम्रो हुन्थ्यो ।श्रीकृष्णको यस विचारलाइ सुनेर सत्रजितलाई डर लाग्यो कि कतै वहाँले मणि मसँग खोस्नु त हुन्न । यस डरबाट उसले मणिलाईआफनो भाइ प्रसनलाई दिए र उसलाई सावधान गराइदिए कि मनसा बाचा, कर्मणबाट पवित्र बस्नु, होइन भने यो मणि तिम्रो नाशको कारण हुनेछ । एक दिन प्रसेन सिकारमा गएका थिए धेरै दिनभयो प्रसेन फकेनन् ।सत्रजीतले भन्न सुरु गरेकी श्रीकृष्णले मेरो भाइलाई मारी मणि लुटेर लिनुभयो ।द्वारकावासी पनि शङ्कालु हुँदा कुरा गर्न थाले । श्रीकृष्णलाई जब यो कुरा थाहा भयो कि उनको नमा बदनाम भई रहको छ तब वहाँले यो निश्चय गर्नु भयो कि जङ्गलमा गएर बुझौँ कि मणि के भयो जङ्गलमा गई खोज्दै जाँदा आखिर गुफाभित्र जाँदा जाम्वबन्तको छोराले खेलिरहेको भेटे र जाम्वबन्तसँग बढाइँ गरी जिते जाम्वबन्त खसिभई मणि र छोरी समेत दिएर पठायो । आखिर ल्याएर सत्रजितलाई दिएर चोरीको बातबाट पार पाए । तसर्थ यस दिन चन्द्रमाको मुख जसले हेर्छ उसलाई कुनै अभियोग लाग्छ तसर्थ यस दिन गणेशको स्तुति गरी पूजा गर्नुपर्दछ । यो दिन गणेशलाई पनि तुलसी पत्र चढ्दछ ।मङ्गल ग्रहको दशामा गणेशको पूजा गर्ने चलन छ । श्रीगणेशजी विध्न नाशक ज्ञानबुद्धिदायक तथा सङ्कष्टनाशक हुनुहुन्छ । श्री गणेश महादेव पार्वतीका पुत्र हुनुहुन्छ भन्ने कुरा सर्व विदित छ । परब्रह्म श्रीगणेशको जन्म जयान्ती मनाउनु हामीहरूको कर्तव्य हो । उपत्यकामा जलविनायक,अशोक विनायक,चन्द्र विनाय सूर्य विनायक यी चार गणेशको मङ्गल चौथीमा एकै दिन दर्शन गर्ने चलन पनि छ । शास्त्र लेखिएको गणेश पूजा विधि अनुसार पूजा गर्नुपर्दछ ।