भाद्र शुक्ल तृतीय अर्थात हरितालिका तीजः व्रत र पूजा

भाद्र शुक्ल तृतीया तीज यो पर्व केवल स्त्री जातीहरुले सौभाग्यको निमित्त गरिने व्रत हो । यो व्रत भाद्र शुक्ल पक्षको तृतीयामा लिइन्छ । स्त्रीहरूको लागि यो सबै भन्दा उत्तम व्रत बताइएको छ । यसबाट अखण्ड सौभाग्य प्राप्त हुन्छ । यो व्रतमा केराको खम्बा गाडिन्छ । धेरै थरीका रङ्गी विरङ्गी वस्त्रले मण्डपलाई सजाइन्छ । त्यस दिन उपवास बसी रात्रिमा शिव पार्वतीको बालुवाको मूर्ति स्थापित गरिन्छ र त्यसमा बिशेष रूपले पूजा गरिन्छ । यसको फल यो बताइएको छ ।कि यो व्रत गर्नाले स्त्रीहरू बिधुवा हुँदैनन् हरितालिका व्रतको अर्थ हो । हरित अलिभिःअर्थात् जसमा अलि सखीहरूले पार्वतीजीलाई लुकाएका हुन्छन् । यसको बारेमा यो कथा प्रचलित छ । कि हिमालय पर्वतकी पुत्री पार्वतीजीले बाल्यकाल देखि नै श्री महादेव पति पाउँ भनी धेरै कठोर तप गर्न शुरु गर्नु भएको थियो । सोह्र वर्ष सम्म धुवाँ मात्र पिएर बस्नु भयो र चौसठ्ठी वर्ष सम्म सुकेका पातहरुमात्र खानु भयो । र्पावतीजीको यस तपलाई देखेर उनका पिता ज्यादै चिन्तित हुनु भएको बखत नारदजी आउनु भयो । र वहाँले यस कन्याको लागि विष्णु भगवान्लाई छाडेर अरू कुनै वर हुन सक्दैन । वहाँ लाई देऊ भन्दा पार्वतीजीको पिताले सहमति दिनु भयो, पछि विष्णु सँग विवाह गरिदिन हिमालयले निश्चय गरे यो सूचना तथा समाचार पार्वतीजीले सुन्नु भयो उनलाई धेरै दुःख लाग्यो ।उनी मुर्छा भएर भुईँमा लड्नु भयो ।उनले आफ्नो सखीहरू सँग भन्नु भयो कि महादेवजी भन्दा अरू कसैसँग म बिहे गर्दिन । पार्वतीलाई सखीहरूले हिँड यस्तो ठाउँमा भागौँ जुन ठाउँको बारेमा तिम्रो पितालाई थाहा हुन नसकोस् पार्वतीजीलाई साथीहरूले यसपछि यस्तो ठाउँमा लिएर गए जुन ठाउँमा उनलाई कसैले खोज्न सकेन । हिमावनले आफ्नी कन्या हराएको कुरा थाहा पाएपछि खोज्न थाले । भन्ठाने कि सिंह वा भालुले खाए होलान् यता पार्वतीजी भाग्दै भाग्दै एउटा खोलामा पुग्नु भयो । त्यहाँ एउटा गुफा थियो ।अन्न जल नखाई त्यही खोलाको छेउमा बालुवाको मूर्ति बनाएर पार्वतीजीले शिवजीको आराधना आरम्भ गर्नु भयो । त्यस दिन श्रावण शुक्ल तृतियाको दिन थियो । महादेवको समाधि यस आराधना द्वारा भङ्ग भयो र उहाँ पार्वतीजीको अगाडी आईपुग्नु भयो र सोध्नु थाल्नु भयो कि के चाहान्छ्यौ ? पार्वतीजीले भन्नु भयो यदि हजुर खुसी हुनुहुन्छ भने मसँग बिहे गर्नुहोस् ।शिवजीले एवमस्तु भनेर कैलाशमा जानु भयो  । केही बेर पछि  जब हिमवन त्यहाँ पुग्नु भयो । उहाँले आफ्नी कन्यालाई खोलाको छेउमा देख्नुभयो तब पार्वतीले भन्न भयो, जब मैले सुने तपाईँले मेरो विवाह  विष्णुसँग गर्न लाग्नु भयो तब म भागेर आएँ किनकि म विष्णु सँग बिहे गर्न चाहन्न । यदि तपाई मेरो बिहे महादेवजीसँग गरी दिनु हुन्छ भने म घर फर्किन्छु अन्यथा फर्किन्न ।हिमावनले पार्वतीको कुरा स्वीकार गरी पार्वतीलाई महादेवजीसँग विवाह गरी दिनुभयो । भविष्य पुराण अनुसार हिमालय पर्वतले छोरी पार्वती विष्णुलाई दिन लागे भन्ने कुरा आफ्ना सखीहरूबाट थाहा पाए पछि दिक्दार भएर बसेकी पार्वतीलाई सखीहरूले हरेर लगेको हुनाले यस पर्वको नाम हरितालिका भएको हो । यो चाड मान्न स्त्रीहरूले अघिल्लो दिन दर खाने चलन छ किन भन भोली पल्ट निराहार व्रत बस्नु परेकोले हो । यो व्रत सनातन वैदिक धर्मावलम्बी हिन्दु महिलाहरूले लिन्छन् । दमाञी, सार्की गाइनेहरूका स्त्रीहरूले पनि लिन्छन् । अरू जातिका महिला स्त्रीहरूले पनि लिएका देखिन्छ । यस दिन बिहान गङ्गा वा नदीमा गई स्नान गरी म हरितालिका व्रत गर्दछ भनी सङ्कल्प गर्ने र दिन भर निराहार बसी साँझमा गङ्गा वा तलाउमा नुहाई आई मण्डप बनाई त्यहाँ बालुवाका गौरी सहित शिव लिङ्ग तयार गरी आफ्नो कुल परम्पराले गर्दै आए जस्तो पूजा गर्नु पर्दछ । शालागा्रमको चरणोदक, तुलसी पत्र, केरा, द्रव्य युतm अर्घ पात्रलाई अञ्जलीमा राखेर तलको मन्त्र पढ्नु यसरी यो मन्त्रले अभिमन्त्रण गर्ने यजमानले दक्षिणा र फल ब्राह्मणगणलाई दिएर ब्राह्मणद्वारा जल पिउने मन्त्र—

अकाल मृत्यु हरणं सर्व व्याधि निवारणम् ।

विष्णोःपादोदकं पीत्वा पुनर्जन्म न विद्मते ।।

व्रतहरूमा श्रेष्ठ भएको व्रतमा उत्तम जो व्रत गरी राखेको छ त्यसमा जुन अपुरो हुन्छ त्यसमा ब्राम्हणरुको बचनद्वारा सबै परिपूर्ण होस किन भने ब्राह्मणहरूले जुन कुरा बोल्दछन् ती कुरालाई देवताहरूले पनि मान्दछन् ब्राह्मण सम्पूर्ण देवता स्वरूप छन् । तिनीहरूको वचन अन्यथा हुँदैन उपवास व्रत स्नान तीर्थ तपस्याहरूको सिद्राका निमित्त ब्राहणहरुले जो आशीर्वाद दिन्छन् यो अन्यथा हुँदैन । व्यास वाल्मीकि, परासर, वसिष्ठ, गर्ग, गौतम,सौम्य, अत्रि, काश्यप, अङ्गिरा, नारद आदि ऋषिहरूको वचन अनुसार मैले गरेको व्रत परिपूर्ण होस् मैले गरेको यस निराहार व्रतमा विधि देश क्रिया श्रद्धा दक्षिण आदि अपूर्ण भएको भए पनि त्यो पूर्ण होस् जो गर्नु पर्ने काम पुर्नुभएको छैन त्यो भगवान् विष्णुको अनुग्रहले र ब्राहणहरुको वचनले परिपूर्ण होस् यसरी अभिमन्त्रण गरेर ब्राम्हणको हातमा दिने र ब्राम्हणले मन्त्रद्वारा अभिमन्त्रण गरी यजमानलाई दिने यजमानले दक्षिण र फल ब्रागणलाई दिएर बेलपत्र, तुलसी पत्र र चरणोदक पान गर्ने ।।यसरी हरितालिकाको महत्त्व यसरी भएको हो ।

Scroll to Top