श्रीकृष्णष्टमी भाद्र कृष्ण कुशे औंशी

भगवानले अवतार लिई श्रीकृष्णको जन्म भएको र गीता जस्तो पवित्र ग्रन्थ आज हाम्रो समक्ष प्रत्यक्ष पाउनु आदि महत्त्व सम्झी जन्माष्टमी व्रत लिँदा कृष्ण मन्दिरमा पुजा अर्चना गर्न ठुलो भीड लाग्दछ । यदि घरमा कसैले पूजा गर्न चाहेमा माथि दिएको विष्णु पुन विधिमा बताए अनुसार अर्घ स्थापना गरी दियो,कलश र गणेश को पूजा गरी विष्णवे नमःभनिएको ठाउँमा श्रीकृष्णय नमः भनी पूजा गर्नु पर्दछ । अरू विधिबिधान सबै उही हुन् जुन विष्णु पुजाविधिमा छन् । अन्यथा श्रीकृष्ण जन्माष्टमी पुजा विधि सहित व्रत कथा छुटै पुस्तक पनि प्रकाशित भएको छ ।सोहीबाट गर्ने कुशे औंशी भाद्र कृष्ण औंशी पितृ देवो भवःबाबुलाइ देवता जस्तो मान्ने होउ । यो दिन आफ्नो पितालाई मिठो खाने कुरा खुवाउने र राम्रा लुगा दिने चलन छ। बाबु नहुनेले बाबुको नाममा उमातिर्थ उत्तरी काशी गया पशुपति गोकर्ण दक्षिण काशी भारत कुशे औंशी पारी श्रद्धा गर्ने सिधा मिष्ठान्न खाने कुराहरु दान गर्दछन् ।

कुशे औंशीमा कुश उखेल्ने र ग्रहण मन्त्र ॐविरिञ्चना सहोत्पन्न परमेष्ठी निसर्गतः। नुद पापानि सर्वाणि दर्भ स्वस्ति करोभव ।ॐहुँ फट स्वाहा। यसरी कुशलाई साना मुठा परी घरघरमा पुर्‍याई पर ब्रहको सृष्टिमा ब्रम्हजीका साथ उत्पन्न भएका हे कुशदेव सबै पापलाई नाश गर कल्याण कारक होउ पुजा पाठ गरी वितरण गर्ने चलन छ ।

श्रीकृष्ण भगवान् गोकुल धाम प्रस्थान

नभमण्डमा घनघोर बादल छाएको थियो । क्षण—क्षणमा बिजुली चम्किरहेको थियो र पुरै वेगको साथ मुसलधारे वर्षा भइरहेको थियो ।यस्तो चकमन्न अन्धकारमा वसुदेव आफ्नो शिशुलाई नाङ्गोमा राखेर बन्दी गृहबाट बाहिर निस्किदा दिनको उज्यालोझैँ सबै कुरा स्पष्ट देखिरहेका थिए ।वसुदेवले नाङ्लो आफ्नो शिरमा धारण गरेका थिए र त्यही नाङ्गोमा शिशु रूपमा पल्टिएका भगवान् मन्द मन्द मुस्कुराइरहेका थिए। त्यही बेलाअन्नत फणवाला शेष नागले आएर शिशुमाथि आफ्ना फनहरूको ‘छाता’स्थापित गरिदियो वसुदेव यमुना नदीको तटमा पुगेपछि नदी तीव्र गतिमा बगिरहेको थियो र बाढी पनि आएको थियो । प्रभुको इच्छा बुझेर अलिकति पनि भयभीत नभई कन वसुदेवले यमुना प्रवेश गरे । उनी अगाडि बढ्दै जाँदा नदीको स्तर पनि त्यही अनुपातमा बढ्दै गइरहेको थियो । वसुदेव जुन मार्गबाट यमुना पार गर्न चाहन्थे, त्यो अत्यन्त सरल र सुगम थियो, तर बाढीको कारणले आज त्यो पनि निकै दुर्गम लागिरहेको थियो । यमुनाको जल पहिले त उनको कम्मरसम्म थियो, त्यसपछि बढ्दै—बढ्दै छातीसम्म पुग्यो । जलको स्तर निरन्तर बढ्दै गयो र घाटीसम्म पुगेपछि वसुदेवले आफ्ना ईष्टदेवको स्मरण गर्दै सम्भवतः यही नै मेरो जल समाधि बन्छ—शायद यही प्रभुको इच्छा हो भन्न सोच ।यस्तो सोच्दै उनले नाङ्गोमा राखेको आफ्नो प्रिय पुत्र यमुनालाई समर्पित गर्नको लागि शिरबाट नाङ्लो तल ल्याए । त्यही बेला चमत्कार भयो नाङ्गोमा पल्टिएका शिशुले आफ्नो एक खुट्टा नाङ्गलोबाट तल झुण्ड्याइदिए र यमुनाको जलले शिशुको खुट्टलाइ स्पर्श गर्ने बितिकै तीव्र गतिबाट यमुनाको जल—स्तर कम हुँदै गयो । शायद यमुनाले आफ्नो स्वामीको चरण—स्पर्श गर्नको लागि नै यो यत्रो आडम्बर रचेकी    थिइन् र चरण—स्पर्श गर्ने बितिकै तीव्रतम बाढी आउनु बावजुत पनि वसुदेवलाई सहर्ष मार्ग प्रदान गरिदिएकी थिइन् । यमुनालाई पार गरेर वसुदेव गोकुल धाम पुग्दा त्यहाँका निवासी र प्रहरी पनि ‘योगमाया’को वशीभूत भएर निद्रामा डुबेका थिए । ढोकाहरू पनि खुल्लै थिए । वसुदेव निर्विध्न नन्द—यशोदाको महलमा पुगे । त्यहाँ प्रसुती गृहमा उनले यशोदाको छेउमै एक नवजात शिशु कन्या सुतिरहेकी र यशोदा प्रसव—पीडाको थकानको कारणले गहिरो निद्रामा परेकी देखे वसुदेवले चुपचाप नाङ्लोमा सुतिरहेको आफ्नो प्रिय पुत्र लाइ उठाएर यशोदाको छेउमै पल्टाइदिए र त्यहाँ सुतिरहेकी कन्यालाई उठएर नाङ्लोमा राखे ।उनी जसरी चुपचाप त्यहाँ आएका थिए,। त्यसरी नै निर्विध्न चुपचाप फर्के । ति कन्या कंसलाई बुझाइ कंसले क्रुर स्वरमा भन्यो कन्या कंसको हातबाट छुटेर शिला खण्डमा बजारिनुको बदला आकाशतर्फ गइन् ।माथि गएर कन्या विष्णुकी अनुजा देवी अष्टभुजाको रूपमा प्रकट भइन । उनी सुन्दर वस्त्र,आवषण र पुष्प—मालाहरूबाट सुशोभित थिइन् । उनको आठौँ भुजामा धनुष,भाला, तीर,घण्टा,शँख,चक्र,गदा र ढाल शोभायमा भई रहका थिए ।देवी अष्ट भुजा दुर्गादेवीले आकाशमा उडेर पुगेर भीषण हुकार गर्जिँदै कंसलाइ भनिन् ‘ए दुष्ट पापी त मलाई मार्न सक्दैनस् तँ आफ्नो प्राणको रक्षाको लागि मेरो बध गर्न सकिनस् किनकि तेरो बध गर्ने त पहिले नै यस संसारमा जन्म लिइसकेको छ । कंस र उसका रक्षक प्रहरीहरू डरले कापिरहेका थिए ।कंसको मृत्युको भविष्यवाणी गरेर देवी आकाश नै अन्तर्ध्यान भइन ।

भगवान् श्रीकृष्ण देखि भगवान श्रकृष्ण अवतरण गत वर्ष लेखि सकेको छ ।

Scroll to Top