रामेछाप । रामेछाप जिल्ला उत्तरी क्षेत्र उमाकुण्ड गाउँपालिका, गुम्देल, वाम्तीभण्डार, कुभुकास्थली, प्रिति, गुप्तेश्वर, भुजी, त्यसै गरी गोकुलगंगा गाउँपालिका, चुचुरे, रस्नालु, वेताली, नामाडी हो । त्यसैगरी दोरम्बा शैलुङ्ग क्षेत्रमा डडुवा, दोरम्बा, टाकरपुर, गौश्वरा आदि क्षेत्रमा आलु खेती गरिएको हो । आलु खेती रामेछापमा अत्यन्त लोकप्रिय र नाफामूलक खेतीमध्ये एक हो । यसको वैज्ञानिक नाम सोलनम ट्युबेरोसम हो । यहाँ आलु खेती सम्बन्धी मुख्य जानकारी सरल रूपमा प्रस्तुत गरिएको छ ।
हावापानी र माटो चिसो तथा समशीतोष्ण हावापानी उपयुक्त हुन्छ । १५–२० डिग्री तापक्रम राम्रो मानिन्छ । दोमट वा बलौटे दोमट माटो राम्रो । माटोको ५.५–६.५ उपयुक्त ।
रोप्ने समय तराईः कात्तिक–मंसिर, पहाडः मंसिर–पुष, उच्च पहाडः फागुन–चैत ।
बीउ छनोट गर्दा यसमा रोगरहित, स्वस्थ र अंकुरित बीउ प्रयोग गर्ने । २५–५० ग्राम तौलको बीउ राम्रो । प्रमाणित जात प्रयोग गर्दा उत्पादन बढ्छ ।
२–३ पटक जोताइ गरी माटो मसिनो बनाउने । गोबर मल १५–२० टन प्रति हेक्टर प्रयोग गर्ने । ड्याङ बनाएर रोप्दा राम्रो हुन्छ ।
मल व्यवस्थापन नाइट्रोजन, फस्फोरस र पोटास सन्तुलित मात्रामा प्रयोग गर्ने । आधा नाइट्रोजन रोप्दा र बाँकी गोडाइ गर्दा दिने ।
सिँचाइ पहिलो सिँचाइ रोपेको १०–१५ दिनपछि । फूल फुल्ने र गाँठा बन्ने समयमा पानी आवश्यक । पानी जम्न नदिनुहोस् ।
रोपेको २५–३० दिनपछि गोडाइ दिने । बिरुवाको फेदमा माटो लगाइदिने उत्पादनमा बढ्छ ।
यसरी कृषि प्रधान देश नेपालमा किसानहरूले उत्पादन गरेका छन् ।












