जुम्लामा फलफूल तथा नर्सरी उत्पादन जोड

जुम्ला । जुम्ला जिल्ला तिला गाउँपालिकाको वडा नं. ८ तिलास्थित छिमेकी फलफूल तथा नर्सरी उद्योग जुम्लामा फलफूल तथा नर्सरी उत्पादनमा जोड दिएको हो । यस नर्सरी उद्योगका हर्ष बस्नेतले हजारौँ हजार बिघा जग्गा जमिनमा आफ्नो लगानीमा विभिन्न प्रजातिका फलफूल तथा तरकारी लगाएका छन् ।

नर्सरी उद्योग उत्पादन गरी पूर्वका धेरैजसो जिल्लाहरूमा सम्पर्कका साथ ओखर, स्याउ, किवी, एवोकाडो, सुन्तला, माल्टा, जुनार लगायत मुख्यत: रामेछापका दुर्गम क्षेत्रहरू लिखु तामाकोशी गाउँपालिका, उमाकुण्ड गाउँपालिका, गोकुलगंगा गाउँपालिका, ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकामा यस ठाउँमा दाँते ओखर, स्याउ यस क्षेत्रमा लाग्ने भएकाले आवश्यकता अनुसार ल्याएर बिक्री वितरण गरिन्छ ।

तरकारीहरूमा आलु, काउली, बन्दा, गोलभेँडा, सागसब्जी, मुला, अकबरे खोर्सानी, घिरौँला, लौका, तिते करेला, कुविन्डो तरकारी पनि उत्पादन गरिएको छ । यो ठाउँका किसानहरू कृषि क्षेत्रमा आत्मनिर्भर छन् । हिमाली क्षेत्रमा पर्ने फलफूल तथा नर्सरी उद्योग यो भूमि कृषिमा आधारित छ ।

Scroll to Top