रामेछाप– राष्ट्रिय जनामोर्चा पार्टीले प्रचार अभियान अन्तर्गत रामेछाप जिल्लाको सदरमुकाम मन्थलीस्थित देवकोटा चोकमा कोणसभा कार्यक्रम गरेको छ ।
राष्टिय जनमोर्चा बागमती प्रदेसले आयोजना गरेको उक्त कार्यक्रममा सङ्घीयता खारेज गरौँ, राजधानी केन्द्रित आन्दोलन सफल पारौँ, सङ्घीयतावादीहरुले स्थानीय निकायहरुको अधिकारमाथि आफ्नो एकाधिकार लाद्दै आएको आरोप लगाएका छन् ।
राजनीतिकविद् नागरिक समाजले राष्ट्रिय जनमोर्चाले सङ्घीय मन्त्रीकालमा उपप्रधानमन्त्री हुँदा लिएको फाइदाले स्थानीय निकायहरुको अधिकार र कार्यक्षेत्र अरु बढाएर लैजानुपर्ने आवश्यकता जोड दिएको बताउँछन् । दशवटा मुलनाराका साथ प्रचार अभियन कार्यक्रमको सभापति अर्जुन थापाको अध्यक्षतामा प्रमुख अतिथि आनन्द शर्मा, बागमती प्रदेशका अध्यक्ष लालबहादुर थापा सल्लाहकार जगत श्रेष्ठ लगायतका कार्यकर्ताले आफनो भनाइ प्रष्ट पार्दै प्रचार अभियन कार्यक्रम सम्मापन गरेका थिए ।






