रामेछाप । रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका तथा गोकुलगंगा गाउँपालिकामा रहेका वन जंगल जमिनमा रहेका बोटबिरुवा मध्ये पनि उतिसको रुखका अग्ला अग्ला हाँगा टुपोमा भूमिदेखि लाइन बसेर हिँड्दै गएर पात पतिङ्गाबाट आएपछि रुखको टुपोबाट खसरेर उतरी क्षेत्रमा गुम्देलमा काउसोको विगविगी कष्ट मानिस र पशुपक्षीहरूलाई भएको हो। पछि हावामा लामा लामा जुस उडाएर कुलो, बाटो, गोठ, शौचालय, हिँडडुल गर्न पनि नसकिने भएको छ। गाई, गोरुका बाछा र बाछी, बाख्राका पाठा, पाठि, भैँसीका पाडा र पाडी, बिरालो, खरायो, कुकुर, वन्यजन्तुहरूमा पनि काउसो लाग्ने गरेको पाइन्छ। “गुम्देलवासीलाई पशुपक्षी स्वास्थ्य, मानिसका लागि जनस्वास्थ्यमा प्राप्त मात्र भनेजस्तो औषधि नहुँदा जनजीवन कष्टकर भएको राधिका घिमिरेले बताएकी छन्।” यस क्षेत्रका मानिसहरू मात्र नभएर सोलुखुम्बुको लिखुपिके गाउँपालिका, खिजीदेम्बा गाउँपालिका, लिखु तामाकोशी गाउँपालिका, दोरम्बा शैलुङ गाउँपालिका वडा नं. ६ लखनपुर जागुमा यस्तो भएको छ। यस क्षेत्रमा कुनै नागरिक समाज, मानवअधिकारकर्मी, शिक्षक, स्थानीय सरकारवाला सरोकारवाला सम्पूर्णको ध्यान जान आवश्यकता भएको छ।












