रामेछाप । रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं. १ सदरमुकाम मन्थली खादवारी नवबुद्ध भोजनालयस्थित नेपाली काँग्रेस रामेछाप निर्वाचन प्रचार प्रसार शाखाको पत्रकार सम्मेलन भएको हो । इमानदार स्वच्छ छविभएका नेपाली काँग्रेसका नेता रामचन्द्र खड्का पञ्चायती दमनकारी निरङ्कुश शासनविरुद्ध, नेपाली नागरिकको मौलिक हक, सामाजिक न्याय, समावेशी लोकतन्त्र र समतामूलक समाज निर्माण गर्न भाबी विद्यार्थी कालदेखि नै संघर्ष गर्दै आएको हो ।
विगत २०२८ सालको निरङ्कुशताविरुद्धको आन्दोलन, २०३६ सालमा बहुदलको पक्षमा सक्रिय सहभागिता, २०४६ सालमा बहुदलीय प्रजातन्त्र स्थापनाका लागि भएको जनआन्दोलन, र २०६२–६३ सालको दोस्रो जनआन्दोलनमा सक्रियतापूर्वक सहभागी भई जनताको आवाज बुलन्द गर्दै जनसेवामा लाग्दै पछिल्लो समय नेकपा एमाले र नेपाली काँग्रेस पार्टी गठबन्धनको सरकारले साना नानीबाबु बालबालिकाको माग गर्दै आएको माग पूरा नगरेपछि जेनेजी आन्दोलन भएको थियो ।
यस पत्रकार सम्मेलनमा पत्रकार प्रचार प्रसार निर्वाचन विभाग प्रमुख हिमाल ढुङ्गेलको सभापतित्वमा प्रमुख अतिथि मथुरा प्रसाद घिमिरेको प्रमुख आतिथ्यमा, अतिथि विनिता खड्का तथा अन्य अतिथिहरू रहेका थिए । पत्रकारहरूद्वारा सोधिएका प्रश्नको जवाफ दिँदै प्रमुख अतिथिले रामेछापको प्रतिनिधिसभा सदस्य रामचन्द्र खड्कालाई जिताउन मतदान गर्न पत्रकार सम्मेलनमार्फत भोट मागेका छन् ।
पहिलेको जस्तो समय छैन । जसले लुकीछिपी घात–प्रतिघात गर्ने सदस्यलाई कारबाही गर्ने विश्वास दिलाएका छन् । आगामी २०८२ फागुन २१ गतेको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट रामेछाप जिल्लामा प्रतिनिधिसभाको उम्मेदवार रहेको जानकारी गराउँदै यहाँहरूको अमूल्य मतको हार्दिक अपेक्षाका साथ रुख चिन्हमा मतदान गर्न विनम्र अपिल मथुरा प्रसाद घिमिरेले अनुरोध गरेपछि पत्रकार सम्मेलनका सभापतिले समापन गर्नुभएको हो ।












