झापामा मातृशक्ति उपसमितिलाई गठन गर्न पूर्णता

झापा । झापा जिल्ला दमकस्थित मातृशक्तिलाई सशक्त बनाउन एकआपसमा परिचय तथा चेली–माइतीबीच समन्वयात्मक सम्बन्ध स्थापित गर्न दमक निवासी पुस्ता संख्या ४६ की चेली यमुना गौतम पोखरेलको अध्यक्षतामा गौतम समाज झापा, मातृशक्ति उपसमितिलाई गठन गर्न पूर्णता दिएको हो । झापा र चुलाचुली निवासी सम्पूर्ण सबै नगरपालिका, गाउँपालिकाबाट मातृशक्तिहरू सम्पर्कमा आई दिनुहुन सादर अनुरोध गरिएको छ । यहाँका इकाइ कमिटीहरूबाट सदस्यहरू थप्न सकिने छ ।

यस समितिलाई स्थायित्व दिन विभिन्न दाताहरूबाट रु ५०,१०५/– को नगद कोष समेत स्थापना गरिएको छ । देश–विदेशका धेरै मातृशक्तिहरूले साथ र सहयोग गर्ने वचन दिनुभएको हो ।

मातृशक्ति उपसमिति नामावली यस प्रकार छन् । अध्यक्ष: यमुना गौतम पोखरेल (दमक), उपाध्यक्ष: अत्रि मन्जु सापकोटा गौतम (दमक), उपाध्यक्ष: उर्वशी पराजुली गौतम (दानाबारी), सचिव: मन्दिरा गौतम (कन्काई), सह–सचिव: माघ १६ गते थप गरिने छ । कुबेर–शारादा तिम्सिना गौतम (दमक), सदस्यहरू: निर्मला काफ्ले गौतम (मेचीनगर), मनु गौतम (मेचीनगर), गङ्गा दाहाल (बाह्रदशी), रमा निरौला गौतम (दमक), गङ्गा रिजाल गौतम (कनपा), पवित्रा गौतम (कनपा), सिता गौतम (कमल), लक्ष्मी गौतम (विर्तामोड), चन्द्र गौतम (भद्रपुर), खोमा गौतम (अर्जुनधारा) ।

यसैगरी हुने महिलाहरूले गौतम समाजको लागि मातृशक्ति उपसमिति बनाई २०८२ माघ १६ गते महान् शहीद दिवसको अवसरमा यो कार्यक्रम गर्ने भएको छ ।

Scroll to Top