मन्थलीमा प्रथम अधिवेशन सम्पन्न

रामेछाप । रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं. १ मा २०८२ माघ १० गते शनिबार भैँसेश्वर वृद्धाश्रम भवनमा राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालको जिल्ला कार्य समिति रामेछापको प्रथम अधिवेशन भएको हो । जिल्ला कार्य समितिका अध्यक्ष योगेन्द्र न्यौपानेको अध्यक्षतामा तथा राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल बागमती प्रदेशका केन्द्रीय समितिका अध्यक्ष गोविन्द नेपालको प्रमुख आतिथ्यमा प्रथम अधिवेशनका अतिथिहरू विश्व हिन्दु महासंघ केन्द्रीय सदस्य गुञ्ज बहादुर श्रेष्ठ, पतञ्जली योगका अध्यक्ष जग्गनाथ दाहाल, पतञ्जली योग मन्थली नगर समितिका अध्यक्ष शंकर थापा, स्वस्विवाचन केशव प्रसाद घिमिरे र योगेन्द्र न्यौपाने रहेका थिए ।

जेष्ठ नागरिक समान भएका व्यक्तित्वका नाम केदारनाथ श्रेष्ठ, दामोदर पौडेल, शेर बहादुर थापा, शंकर पौडेल प्रथम अधिवेशनमा नयाँ कार्य समिति चयन भएका छन् । अध्यक्ष योगेन्द्रराज न्यौपाने, उपाध्यक्ष विमल कुमार कठायत, उपाध्यक्ष पवित्रा सापकोटा, सचिव डम्बर नारायण श्रेष्ठ, सहसचिव बद्री न्याघरे, कोषाध्यक्ष भाजराज सुवेदी लगायत ३५ जना रहेका छन् ।

राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल यस प्रतिष्ठानले देशभरि मौलिक संगीत, धर्म संस्कृतिको महत्त्वलाई जगेर्ना गर्न विभिन्न कार्यक्रम र गतिविधिहरू सञ्चालन गरिएको छ । यसको उद्देश्य नेपालको लोक भजन र चुड्का सङ्गीतको संरक्षण र प्रवर्द्धन गर्ने प्रमुख अतिथि गोविन्द नेपालले बताएका हुन् । यो संस्था नेपालको सांस्कृतिक पहिचान–परम्परासँग सम्बन्धित भजन तथा मौलिक संस्कृति संरक्षणमा केन्द्रित छ र धार्मिक, सामाजिक र सांगीतिक क्षेत्रलाई जोडेर कार्यक्रम सञ्चालन गर्दै आएको छ, परम्परागत मान्यतालाई समुदायका बीच सक्रिय राख्न मद्दत पुर्‍याइरहेको छ ।

Scroll to Top