सुकाजोरमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

रामेछाप । रामेछाप नगरपालिका वडा नं. ७ हिलेपानीस्थित सुकाजोरको आयोजनामा २०८२ माघ १० गते शनिबार शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पर्यटन र पूर्वाधार, समुन्नत समृद्धि रामेछाप निर्माणको आधार, चालु आर्थिक वर्ष २०८२/०८३ को दोस्रो चौमासिक अवधिसम्म रामेछाप नगरपालिकाको ७ नं. वडा कार्यालयबाट सञ्चालित भएका कार्य र सेवा प्रवाहको अवस्थाबारे विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको छ ।

सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण हजुरको रेडियो १०२.१ मेगाहर्ज रामेछापले गरेको हो । रामेछाप नगरपालिका प्रवक्ता तथा वडा अध्यक्ष समिर कार्कीको अध्यक्षता र रामेछाप नगरपालिका प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न सार्वजनिक सुनुवाइमा अतिथिहरूमा नेपाल पत्रकार महासंघ रामेछाप शाखा अध्यक्ष दीपक घिमिरे, रामेछाप नगरपालिका विभिन्न शाखा प्रमुखहरू, स्वास्थ्य शाखा प्रमुख विष्णु बहादुर कार्की रहनुभएको थियो ।

त्यसैगरी कार्यक्रममा नागरिक समाज, सञ्चारकर्मी, राजनीतिक दलका प्रतिनिधिहरू समेत उपस्थिति रहेका थिए । कार्यक्रममा सेवाग्राहीले सोधेको प्रश्नको जवाफ रामेछाप नगरपालिका प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईं र वडा अध्यक्ष समिर कार्कीले दिनुका साथै सार्वजनिक सुनुवाइ कार्यक्रम पनि विधिवत रूपमा सम्पन्न भएको थियो ।

Scroll to Top