रामेछाप । रामेछाप जिल्ला मन्थली सदरमुकाम मन्थली नगरपालिका वडा नं. १ तामाकोशी सेवा समितिको हलमा २०८२ माघ ३ गते २०८१ सालको पुरस्कार मीना गौतम चौलागाईं, २०८२ सालको पुरस्कार पव आलोकलाई प्रदान गरिने घोषणा भएको छ । माघ २०८२ भित्र वितरण कार्यक्रम गरिने तयारीमा रहेको प्रतिष्ठानले जानकारी दिएको छ । सो कार्यक्रममा मन्थली नगरपालिकाले १०००००/— (एक लाख) सहयोग गर्ने भएको छ । बत्तीसकला प्रतियोगिता पनि हुने जानकारी पत्रकार छलफल कार्यक्रममा जानकारी दिइएको छ ।
उक्त छलफलमा सञ्चारकर्मीहरू, नागरिक समाज लगायतका व्यक्तित्वहरू, संस्थाका अध्यक्ष गुन्जबहादुर श्रेष्ठ, क्रमशः डा. सुमन कर्माचार्य, समाजसेवी गोविन्द प्रसाद घिमिरे, प्रकाश न्यौपाने, पत्रकार महासंघ जिल्ला शाखा अध्यक्ष दीपक घिमिरे, रमेश ढुंङ्गेल, बद्रीनाथ घरेलगायतको उपस्थिति रहेको थियो । पत्रकार सम्मेलनमा जगदीश घिमिरे साहित्य प्रतिष्ठानले दुई जना स्रष्टालाई सम्मान गर्ने घोषणा गरेको छ ।












