मन्थलीमा समाजवादी जागरण अभियान गुलाब चिन्हमा भोट : सम्झना सी

रामेछाप । रामेछाप मन्थलीमा यतिबेला एकीकृत जनक्रान्तिको नारा लिएर जनतासाथ श्रमिकहरू, किसान मजदुरहरूलाई सत्ताको मालिक बनाउन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) केन्द्रीय समितिले आज मन्थली सदरमुकाम देवकोटा चोकमा समाजवादी जागरण अभियानमा सिन्धुपाल्चोक, दोलखाबाट मन्थली आइपुगेको हो । मन्थली नगरपालिका वडा नं. १ देवकोटाचोक कोणसभामा आफ्नो प्रमुख वक्ताका रूपमा पार्टी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका पूर्वसंसद् जनकलाकारले सर्वपक्षीय अन्तरिम सरकार, संविधान पुनर्लेखन गरी जनजीविकाको माग अनुरूप भ्रष्टाचारीहरूको सम्पत्ति छानबिन गर्नका लागि उच्चस्तरीय नागरिक समाज गठन, भ्रष्टाचारी मुद्दा हेर्न शक्तिशाली स्वतन्त्र उच्चस्तरीय न्यायालय गठन, कालोधन समाप्त पार्न ५ सय र १००० का नोट खारेजी गरी नयाँ दरका नोट प्रचलनमा ल्याउन, शिक्षालाई गुणस्तरीय र निःशुल्क बनाउन, स्वास्थ्य, रोजगारी विदेश भौतारिन नपर्ने यी भनाइ राजनीतिक, किसान, मजदुर, शिक्षक, नागरिक समाज जनचेतना सन्देशमूलक कार्यक्रम १२ वर्ष अगाडि गाउँ–गाउँ ल्याइएको थियो हाम्रो भनाइ सुनाइ भएन । कार्यक्रमको सञ्चालन प्रकाश सिलले गरेका थिए । सभापति जिल्ला इन्चार्ज तीर्थ कार्की सिलले जिल्लामा संगठनका बारेमा गुलाब चिन्हमा एक भोट माग्दै कानुनी ढङ्गबाट एकीकृत जनक्रान्ति सफल हुने जिकिर गर्दै कोणसभा समापन गर्नु भएको छ ।

Scroll to Top