रामेछाम– रामेछाप नगरपालिका वडा नम्बर ६ ओख्रेनी च्यस्कुमा रामेछाप नगरपालिकादे सार्वजनिक सुनुवाइ गरेको छ । रामेछाप नगरपालिकाको आयोजनमा चैत्र १० आइतवार शिक्षा, स्वस्थ्य, कृषि, खानेपानी, पर्यटन, पूर्वाधार तथा साहेक आधरमा सडक, विधुत, युवा सोरोजगार, सिँचाइ धार्मिक पर्यटन र कृषि पर्यटन समुन्नत समृद्धि रामेछाप निर्माको आधार आर्थिक वर्ष २०८१÷०८२ को द्रोस्रो चौमासिक अवधिसम्म सञ्चालन भएका विकास निर्माण र सेवा प्रवाहको अवस्थाको विषयक रामेछापको ओख्रेनीको च्यस्कुमा सार्वजानीक सुनुवाई गरिएको हो ।
कार्यक्रमको सहजीकरण हजुरको रेडियो १०२.१ मेगाहर्जले गरेको थियो । यस सार्वजानिक सुनुवाई कार्यक्रमको अध्यक्षता एवम् जवाफदेही वक्ता नगरप्रमुख लवश्री न्यौपाने जवाफदेही वक्ता नगर उपप्रमुख बालकुमारी कार्की ‘थापा’, जवाफदेही वक्ता रामेछाप नगरपालिकाका प्रमुख पशासकीय अधिकृत भोलाप्रसाद चापागाई, रामेछाप नगरपालिका नगर प्रवक्त तथा रामेछाप नपा वडा नम्बर ७ का वडा अध्यक्ष समीर कार्की, जवाफदेही वक्त एवम् अतिथिहरु नेपाली काङ्ग्रेस नगर कार्यसमिति रामेछापका सचिव शुसिलहरी बख्रेल, नेकपा एमाले नगर कमिटि रामेछप अध्यक्ष रोशन पाख्रिन, नेकपा माओवादी केन्द्र नगर कमिटि प्रतिनिधि, रास्वपा नगर सभापति दुर्गाबहादुर वस्नेत, नेकपा एस नगर कार्य समिति नगर अध्यक्ष सुर्यबहादुर कार्की, राप्रपा नगर कार्यसमितिका अध्यक्ष राजुकुमार श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ रामेछापका अध्यक्ष दिपककुमार घिमिरे, जवाफदेही वक्ताहरु रामेछाप नगरपालिका वडा नम्बर १ देखि ९ सम्मका वडा अध्यक्षहरु वडा नम्बर १ रेखबहादुर खत्री, वडा नम्बर २ निरबहादुर श्रेष्ठ, वडा नम्बर ३ दलबहादुर प्रधान, वडा नम्बर ४ कृपा थापा मगर, वडा ५ हरिश्चन्द्र श्रेष्ठ, वडा नमम्बर ६ राजेश तामाङ, वडा नम्बर ७ समीर कार्की, वडा नम्बर ८ सन्तोष कुमार तामाङ र वडा नम्बर ९ चन्द्रबहादुर श्रेष्ठ रहेका थिए ।
सार्वजनिक सुनुवाइकै अवसरमा नगरपालिकाद्धारा आयोजित घुम्ती शिविर मार्फत स्वस्थ्य शाखाबाट १९६ जनाले सेवा लिएका छन् । जसमा ३० जना पाठेघरको मुखको क्यन्सर जाँच भिडियो एक्सरे २६ जना, स्वास्थ्य उपचार सेवा १२२ जना, आयुर्वे उपचार सेवा ११० जना, ज्येष्ठ नागरिक परिचय पत्र ५४ वटा वितरण गरिएको छ । त्यसैगरी कृषि विकास शाखाबाट काँक्रो, लौका, फर्सी, करेला, भिन्टी र बोडीको विउको मिनिकिट २७० जनालाई वितरण गरिएको कृषि शाखाले जनाएको छ । त्यस्तै पशुपंक्षी विकास शाखाबाट नाम्लेमाटे जुका विभिन्न रोगहरुमा गाई भैसी १९५ वटा, भेडा बाख्रा १ हजार ३ सय ४९ वटा, बगुर ११२ वटा, कुखुरा १ हजार १ सय २० वटा वितरण गरिएको छ भने चिकित्सा÷परामर्श सेवा प्रवाह समेत गरिएको छ । । यसैगरी जवाफदेही वक्ताहरु सरकारी कार्यलयका प्रमुखहरु प्रहरी चौकी रामेछापका प्रमुख प्रहरी सहायक निरीक्षक दिनेश चौलागाई, ज्येष्ठ नागरिक, नगर बाल सञ्जाल, अपाङ समन्वय, दलित प्रतिनिधि, महिला प्रतिनिधि, पत्रकारहरुको सहभागिता रहेको उक्त कार्यक्रममा स्वागत मन्तव्य रामेछाप नपा वडा नम्बर ६ वडा अध्यक्ष राजेश तामाङले राखेका थिए । कार्यक्रममा सेवाग्रहीले सोधेको प्रश्नको जवाफ रामेछापका नगर प्रमुख लवश्री न्यौपानेले दिनुभएको थिए ।






