हिलेदेवी- रामेछाप जिल्ला सुनापति गाउँपालिका हिलेदेवी सादिडाँडा पशुपति मावि स्थित समृद्ध सुनापति सुखी सुनापति मुल नाराका साथ सहकार्य सुनापति गाउँपालिका गाउँ कार्यपालिकाको हिलेदेवी रामेछाप तथा सगरमाथा सामुदायिक सिकाई केन्द्र सुनापति ३हिलेदेवी रामेछापले अयोजना गरिएको हो । अन्तर विद्यालय वक्तृत्वकला तथा हस्त लेखन प्रतियोगिता भएको छ ।वक्तृत्वकला तथा हस्त लेखन प्रतियोतिामा सुनापति गाउँपालिका ३ नं.वडाका अध्यक्ष कुल बहादुर थिङको प्रमुख आतिथ्ययतामा भएको थियो । विशेष अतिथि सुनापति गा.पा.शिक्षा शाखा प्रमुख कमल बहादुर बम विशेष आतिथ्यतामा गरिएको हो । पशुपति माध्यमिक विद्यालय प्रअ तिलक वल,पशुपति मा.वि.का विव्यस सदस्य दोय तारा बहादुर योन्जन र सुर्य कार्की तथा कृष्ण आ.वि.,जन जागृत आ.वि.,लालीगुराँस.केन्द्र,गुप्तेश्वर आ.वि.,का अतिथिहरू सरिता कुमारी मोक्तान, दीपा खरेल पौडेल,सीता के.सी,कुमार खडका,कान्छा मोक्तान,निमा लामा,उमेश दर्नाल,अशोक लामा,राजेश श्रेष्ठ,विमला तामाङ,सुन लक्ष्मी लामा सो कार्यक्रममा सहभागिता भएका हुन ।
प्रमुख अतिथिले अन्तर विद्यालय बाल– बालिकाहरुलाई कथा,कविता,गीत,गायन,साहित्य,गजल,लेख रचना हस्त लेखन सिकाई गरे शिक्षा क्षेत्रको विकासमा सुधार हुने बताएका थियो । विशेष अतिथिले सुनापति गाउँपालिकाको ५वाट वडामा वक्तृत्वकला तथा हस्त लेखन प्रतियोगिता गरे शिक्षा शाखाले शैक्षिक सामाग्री लगायत आर्थिक सहयोग गर्ने बताए ।कार्यक्रम प्रथम,द्धितिया,तृतीय,चौथो र सान्त्वना सम्पूर्ण सहभागिता विद्यार्थीहरूलाई सैशिक सामग्रीद्वारा पुरस्कार वितरण गरी सगरमाथा सामुदायिक सिकाकाई अध्यक्षले आउँदा दिनहरुमाअन्तर विद्यालय वक्तृत्वकला तथा हस्त लेखन प्रतियोगिता गर्ने बताएका छन् । उक्त कार्यक्रम यस सगरमाथा सिकाकाई अध्यक्ष हस्त बहादुर लामाको अध्यक्षतामा सम्पन्न भएको छ।