ओखलढुंङ्ग– ओखलढुंङ्गा खिजीदेम्बा गाउँपालिका खिजिकाती पिपल डाँडा स्थित कुलको आदीवार कुलादी मष्ट विन्ध्यवासीनी कुलदेवी शुर्यवंश कश्यप गोत्र घिमिरे थरका खिजिकातीमा घिमिरे –चिति खोले चिपखाला,बुढिपल्ले,बुढियाला,रुमाले) चिपखाला–चितपखाला पण्डित हरुले “देवाली” घिमिरेहरूको कुल पूजा भवे मनाएको हो । कुल पूजाको लागि १९८५ सालवाट विस्राम गरी २०६५सालवाट आरम्भ गरिएको हो । “देवाली”कुल पूजा गर्न थालेको १६वर्ष भएको छ । हाल आएर ५लाख प्रत्येक व्यक्तिबाट चन्दा उठाई मन्दिर निर्माण गरिएको हो । वडा कार्यालयले ६० हजार रुपैय सहयोग गरिएको थियो ।
श्रमदान सहित गरी कुलको मन्दिर निर्माण भएको छ । कुलका पुजारी पूर्ण प्रसाद घिमिरेले बताउनु भयो । मुलधामी काशीनाथ घिमिरे,वाराकोधामी केदारनाथ घिमिरे,बाराको धामी वेदगरु मोहन प्रसाद, घिमिरे ज्योतिष प० लाल प्रसाद घिमिरे, छविलाल घिमिरे,पण्डित गोविन्द प्रसाद घिमिरे,प्रेमराज घिमिरे,हरिकृष्ण घिमिरे,लिलानाथ घिमिरे,देवराज घिमिरे,कृष्ण प्रसाद घिमिरे,भुपेन्द्र घिमिर, दधिलाल पौडेल,यम बहादुर घिमिरे,इन्द्रबहादुर घिमिरे, दिल कुमारी घिमिरे र दीपक घिमिरे आदि उमाकुण्ड गाउँपालिका गुम्देल वाल्दिङ, पेक्रनास र कातीका घिमिरे बन्दुहरुको १८भाइको माइलो भाई काशकी पोखरा मिरमिरे गाउँ दोलखा नामदु हुदै सालिक गुम्देल वाल्दिङ,पेक्रनास खिजिकातीमा बसोवास गरी प्राकृति शिला मन्दिरमा चिलाउनेको फेदमा रेखी, खिर, बाबर, मेवा, जट्टा नरीवल र२०वटा भन्दा माथि बोकाको बली दिएका हुन । नयाँ धामीलाई घण्टी चर्मा दिई कुलको आदीवार कुलादी मष्ट विन्ध्य वासीनी कुलदेवी खिजीकातीमा घिमिरेहरूको “देवाली” कुल पूजा भएको हो ।