मन्थली– रामेछाप जिल्ला मन्थली नगरपालिकाको सभा हलमा भएको सांस्कृतिक संरक्षण तथा सामाजिक विकास केन्द्र नेपालले छरिएर रहेका विभिन्न प्रकारका कलात्मक वस्तुहरू सांस्कृतिक संग्रहलय निर्माण गरिने भएको हो । सांस्कृतिक संरक्षण तथा सामाजिक विकास केन्द्र नेपाल र मन्थली नगरपालिकाको कार्यालय सँग सहकार्य गरी सङ्ग,प्रदेश र स्थानीय सरकार सहित विभिन्न सङ्ग संस्थाहरूको सहयोग तथा आवश्यक समन्वयमा सांस्कृतिक संग्रहलय निर्माण गर्न लागेको पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । पत्रकार सम्मेलन मन्थली नगरपालिका नगर प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्ययतामा भएको थियो । पत्रकार सम्मेलनमा सांस्कृतिक संरक्षण तथा सामाजिक विकास केन्द्र रामेछापकी चेली काठमाण्डौकी अध्यक्ष सीता सुनुवारको अध्यक्षतामा भएको थियो । सो कार्यक्रममा अतिथि पत्रकार महासङ्घ शाखाका अध्यक्ष बद्री नयाघरे, जनजाति सङ्घ, १३ वटा दलित सङ्घ,पहरी सङ्घ,थामी सङ्घ र ब्रहम्ण तथा क्षेत्री सङ्घ लगायत संयुक्त कार्यक्रममा पत्रकारहरू सुनुवारले नेपाली कला,मौलिकता,परम्परा र पहिचान गरी लोप उन्मुख सकारात्मक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले मन्थली नगरपालिका –२आकाशे स्थित सेफ हाउस मुनि ५ देखि ७ रोपनी जमिनमा सांस्कृतिक संङ्गहालय निर्माण गर्न लागिएको जानकारी गराएकी छन् ।
संङ्गहालय निर्माणले जिल्लामा शैलुङ्ग देखि उमातिर्थ पाँच पोखरी जट्टापोखरी काउबौद नुम्बुरहिमाल सम्म पर्यटन विकास हुनुका साथै सांस्कृतिक अध्ययन स्थल निर्माण हुने र सामाजिक चेतना र स्वास्थ्य स्तरमा सकारात्मक सुधार ल्याउन सहयोग पुग्ने सुनुवार बताइन् । संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्र नेपाल एक वर्षदेखि सांस्कृतिक सङ्ग्रहालय निर्माणका लागि जग्गा उपलब्ध गराउन आग्रह गरेकाले नगरपालिकाले जग्गाका लागि सम्बन्धित निकायमा सिफारिस गरेको नगर प्रमुख लव श्रेष्ठले दिने गरी बताए । नेपाली कला,मौलिकता, परम्परा र पहिचान हुने गरी लोप उन्मुख सकारात्मक संस्कृतिको संरक्षण गर्न सांस्कृतिक संङ्गहालय निर्माण गर्नु अत्यावश्यक रहेकाले यसको निर्माणका लागि मन्थली नगरपालिकाले पूर्ण विश्वासका साथ सहयोग गर्ने पनि प्रतिबद्ध श्रेष्ठले बताउनु भयो । उक्त कार्यक्रम सञ्चालक कृष्ण प्रसाद पाण्डेले गर्नुभएको थियो सञ्चालकले उठेका प्रश्नको उत्तर सहज वातवरमा जवाफ दिएका थिए ।